PahiloPost

Jun 19, 2026 | ५ असार २०८३

प्रहरीको कुनै पनि सुविधा कटौती भएको छैन : हेडक्वार्टर



पहिलोपोस्ट

प्रहरीको कुनै पनि सुविधा कटौती भएको छैन : हेडक्वार्टर
फाइल फोटो

काठमाडौँ : प्रहरी प्रधान कार्यालयले प्रहरी कर्मचारीको ‌औषधी उपचार लगायत कुनै पनि सुविधा कटौती नगरेको प्रष्ट पारेको छ। 

कार्यालयले बिहीवार विज्ञप्ति जारी गर्दै कर्मचारीको सुविधा कटौती भएको भन्ने खबर भ्रामक भएको जनाएको छ। गत जेठ २१ गते अर्थमन्त्रालयले गृह मन्त्रालयलाई पत्रचार गरेर प्रहरीको औषधि उपचार खर्च उपलव्ध गराउन नसक्ने जानकारी दिएको थियो। 

तर, त्यो अर्थमन्त्रालयको पत्र सम्पूर्ण प्रहरीहरुका लागि नभएर प्रतिनिधि र प्रदेश निर्वाचको सुरक्षाको क्रममा घाइते भएका एक प्रहरी जवानको हकमा मात्र भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell