PahiloPost

May 15, 2026 | १ जेठ २०८३

'नालापानी'को सम्पादन सुरु



पहिलोपोस्ट

 'नालापानी'को सम्पादन सुरु

काठमाडौं : तीन महिना लगाएर छायाँकन भएको फिल्म 'नालापानी'को पोस्टप्रडक्सन सुरु भएको छ। बिजिबी इन्टरनेशनलमा फिल्मको सम्पादन सुरु भएको निर्माण टिमले जनाएको छ।

सम्पादनसँगै फिल्मको भिएफएक्सको काम पनि भइरहेको छ। निर्देशक रिमेश अधिकारीले नालापानीको छायाँकन आफुले सोचे जस्तै भएको बताए। नयाँ वर्ष २०७६ मा फिल्म प्रदर्शन गर्ने टार्गेट निर्माण टिमको रहेको छ।

'नालापानी'मा देव गुरुङ्ग, देशभक्त खनाल, अर्जुनजंग शाही, मनोज शाक्य, बिशाल पहारी, बिजय बिष्फोट, पुजना प्रधान, ईशान बिजु श्रेष्ठ, हिक्मत थपलिया, जनक बर्तौला, विशाल श्रेष्ठ, गीता अधिकारी, गीता बिष्ट, प्रनिश शाक्य, महाविर विश्वकर्मा, सुस्मा भट्टराई लगायतको अभिनय रहने छ।

पद्मा कुमारी फिल्मस प्राली र गंगानारायण फिल्मस प्रालीको संयुक्त ब्यानरमा फिल्मका निर्मातामा मनोज शाक्य रहेका छन्। फिल्मको लेखन रिमेश र कृष्ण आचार्यले गरेका हुन्। रोशन श्रेष्ठले फिल्ममा द्वन्द निर्देशन गरेका फिल्ममा बिपिन मल्लको सम्पादन, अच्युत गजुरेल भिएफएक्स, रामशरण उप्रेतीले छायाँकन  रहेनछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell