PahiloPost

Sep 18, 2026 | २ असोज २०८३

सशस्त्र प्रहरीका पाँच एआइजीले एकै पटक दिए राजीनामा



सविन ढकाल

सशस्त्र प्रहरीका पाँच एआइजीले एकै पटक दिए राजीनामा

काठमाडौँ : सशस्त्र प्रहरी बलका पाँच जना एआइजीले एकै पटक राजीनामा दिएका छन्। बिहीवार दिउँसो गृह मन्त्रालय पुगेर उनीहरूले संयुक्त रुपमा राजीनामापत्र बझाएका हुन्। 

राजीनामा बुझाउनेहरुमा एआइजी जानकीराज भट्टराई, सुवोधकुमार अधिकारी, खडानन्द चौधरी, निराकार विक्रम शाह, र राजेश श्रेष्ठ रहेका छन्। बुधवार साँझ सिंहदरवारमा बसेको मन्त्रिपरिषद बैठकले निर्वाचन आचार संहिता लागू भएपछि देउवा सरकारले गरेका सबै नियुक्ति खारेज गर्ने निर्णय गरेपछि उनीहरूले राजीनामा दिएका हुन्।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले गत माघमा पाँच जना डिआइजीलाई एआइजीमा बढुवा गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell