PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

न्युरोड र दरबारमार्गमा अब स्मार्ट पार्किङ



रासस

न्युरोड र दरबारमार्गमा अब स्मार्ट पार्किङ
फोटो : asmag.com

काठमाडौँ : काठमाडौँ महानगरपालिका आगामी साउनदेखि पार्किङ व्यवस्थित गर्न स्मार्ट पार्किङ निर्माण प्रक्रियामा जाने भएको छ । 

काठमाडौँमा अव्यवस्थित पार्किङको समस्या व्यवस्थापन गर्न साउन पहिलो हप्तादेखि खरीद एकाइ प्रक्रियामा लगिने कामपाका सहप्रवक्ता नवराज ढकालले बताए। पहिलो चरणमा परीक्षणका रुपमा लगिने पार्किङको सुविधा न्युरोड र दरबारमार्गबाट नागरिकले पाउनेछन्। ती दुई स्थानको प्रभावकारिता हेरी अन्य स्थानमा पनि पार्किङ गरिने योजना कामपाको छ। 

कोही व्यक्ति ती ठाउँमा जाँदैछन् भने अन्य कुनै स्थानबाट पहिले नै सवारी पार्किङका लागि स्थान सुनिश्चित गर्न सक्छन्। ढकालका अनुसार एकै समयमा पनि धेरै सवारी साधन राख्न सकिने भएकाले काठमाडौँ ठूलो समस्याका रुपमा रहेको ट्राफिक जाम कम हुनेछ। 

दर्ता गरिएको सवारीको नं सही छ वा छैन भनी सेन्सरले जाँच गर्ने भएकाले दर्ता भएको सवारी साधन मात्र पार्किङ गर्न सकिने व्यवस्था सुविधायुक्त स्मार्ट पार्किङमा हुन्छ। जुन सवारी साधनको नं दर्ता भएको छ उक्त सवारी साधनले मात्र तोकिएको समयमा उक्त स्थानमा पार्किङको सुविधा लिन पाउनेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell