PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

प्रिभ्यू : उरुग्वेको डिफेन्स vs फ्रान्सको अट्याक



पहिलोपोस्ट

प्रिभ्यू : उरुग्वेको डिफेन्स vs फ्रान्सको अट्याक

उरुग्वेका प्रशिक्षक ओस्कार तावारेजले फ्रान्सको अट्याक बलियो पक्ष मानेका छन्। ‘फ्रान्सको बलियो पक्ष भनेको एन्टोनी ग्रीजमन र किलिएन एमबाप्पे हुन्। यदि फ्रान्सलाई स्पेस दिने हो भने त्यो धेरै कठिन हुनेछ।’

त्यही आक्रमक शैली भएको फ्रान्ससँग उरुग्वेले विश्वकप २०१८ को पहिलो क्वार्टरफाइनल खेल्दैछ। दुबैको लक्ष्य जित अनि सेमिफाइनल प्रवेश हो। दुबै टिम पूर्व विजेता समेत हुन्। खेलपछि एक पूर्व विजेता घर फर्कनेछ।

पहिलो क्वार्टरफाइनल खेल आज राति ७:४५ बजे हुँदैछ। खेललाई उरुग्वेको 'डिफेन्स भर्सेस फ्रान्सको अट्याक'भन्दा फरक पर्दैन। तावारेजले भनेजस्तै फ्रान्सको अट्याक उत्कृष्ट छ। मिडफिल्डमा पनि पउल पोग्वा, एनगोलो कान्टे जस्ता खेलाडी छन्। तर आजको खेल गुमाएका ब्लइस मटुइडीको स्थानमा कसलाई खेलाउने डिडिएर डेसच्याम्पलाई चिन्ता छ।

कप्तान डिएगो गोडिनको नेतृत्वमा रहेको उरुग्वेको डिफेन्समा राहुल जिमिनेज, लक्ष्लाल्ट, क्यासर लगायत खेलाडी छन्। उरुग्वेका गोलकिपर फर्नान्डो मुस्लेराले अहिलेसम्म एक गोल मात्र खाएका छन्। यस्तै मिडफिल्डरमा बेन्टानकर, लुकास टेरेइरा, माटिएस भेसिनो, नहितान नान्डेज लगायत खेलाडी छन् भने लुइस सुआरेज र कभानीको आक्रमण यस विश्वकपमा जमेको छ। पोर्चुगलविरुद्ध अन्तिम १६ को खेलमा घाइते भएका कभानी फ्रान्सविरुद्ध खेल्ने सम्भावना कम छ। उनको स्थानमा क्रिस्टियन स्तुअनीले खेल्न सक्छन्।

प्रिक्वार्टरफाइनलमा अर्जेन्टिनालाई ४-३ ले पराजित गरेको फ्रान्स पनि उच्च लयमा छ। उक्त खेलमा २ गोल गरेका एमबाप्पे अहिले उत्कृष्ट फर्ममा छन् र गोल गर्नमा माहिर छन्।

फ्रान्स सामु पहिलोपटक विश्वकपमा उरुग्वेलाई हराउने अवसर समेत छ। अहिलेसम्मको ३ भेटमा उरुग्वे अपराजित छ। १९६६ मा उरुग्वेले २-१ को जित हात पारेको थियो भने २००२ र २०१० मा यी दुई बराबरी खेलेका थिए। अहिलेसम्मको ८ भिडन्तमा फ्रान्सले एक पटकमात्र उरुग्वेलाई पराजित गरेको छ।

पछिल्लो पटक सन् २०१३ मा भएको मैत्रीपूर्ण खेलमा उरुग्वेले फ्रान्सलाई १-० ले हराउँदा सुआरेजले निर्णायक गोल गरेका थिए।

फ्रान्सलाई पराजित गर्न सके उरुग्वेले विश्वकमपा लगातार ५ खेल जित्ने आफ्नै कीर्तिमान बराबरी गर्नेछ। सन १९३० मा घरेलु मैदानमा भएको विश्वकमपा उरुग्वले लगातार पाँच खेल जितेको र थियो र उपाधि जित्न त्यो नै पर्याप्त भयो।

 

उरुग्वे

उरुग्वे पाँचौँपटक विश्वकपको सेमिफाइनल पुग्ने योजनामा छ र पछिल्ला ३ प्रतियोगितामा दोस्रो पटक अन्तिम चारमा खेल्ने दाउमा छ।

ला सेलेस्टेको नामले परिचित उरुग्वेले १९७० र २०१० को क्वार्टरफाइनल जितेको थियो। पछिल्लो पटक उरुग्वे सन् १९६६ को क्वार्टरफाइनलमा पश्चिम जर्मनीसँग हारेको थियो।

१९६६ पछि पोल्याण्डका ग्रगोर लाटो र आन्द्रेज सर्माच तथा जर्मनीका माइकल बालक र मिरोस्लाभ क्लोजको जोडीले मिलेर विश्वकपमा समान ५ गोल गरेका छन्। कभानी र सुआरेजले ४ गोल गरेका छन्। 

 

फ्रान्स

फ्रान्स सन् २००६ पछि सेमिफाइनलमा पुग्ने दाउमा छ। सन् २०१४ मा जर्मनीसँग हार्नुअघि फ्रान्सले लगातार चार क्वार्टरफाइनल जितेको थियो।

फ्रान्सका एमबाप्पेले यस विश्वकपमा ३ गोल गरिसकेका छन्। उनी सन् १९५८ मा पेलेपछि एकै खेलमा २ गोल गर्ने पहिलो युवा खेलाडी बनेका छन्। 

एन्टोनी ग्रीजमनले विश्वकप र युरोकप गरी नकआउट चरणको पछिल्लो ५ खेलमा ६ गोल गरिसकेका छन्। तर उनले रसियामा १२ अटेम्प्ट गर्दा जम्मा २ गोलमात्र गरेका छन्। दुबै पेनाल्टी थिए। ग्रीजमनले गोल गरेको प्रत्येक खेलमा फ्रान्स अपराजित छ। यसक्रममा फ्रान्सले १७ खेल जितेको छ भने २ खेल बराबरी खेलेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell