PahiloPost

Jun 19, 2026 | ५ असार २०८३

फ्राइडे रिलिजमा 'चोखो माया', 'सञ्जु'को छायाँमा नेपाली फिल्म



पहिलोपोस्ट

फ्राइडे रिलिजमा 'चोखो माया', 'सञ्जु'को छायाँमा नेपाली फिल्म

काठमाडौं :  यो साता शुक्रबार प्रदर्शन अन्तर्गत नेपाली फिल्म 'चोखो माया' प्रदर्शनमा आयो। दीपक लामाको निर्देशनमा बनेको फिल्ममा सविन श्रेष्ठको मुख्य अभिनय रहेको छ। फिल्मलाई कोपिला लामाले निर्माण गरेकी हुन्। त्यस्तै यो साता बलिउड नयाँ फिल्म नेपाल प्रदर्शनमा आएन।

हलिउड फिल्म 'सिकारियो' भने प्रदर्शनमा आएको  छ। स्टेफानोले निर्देशित फिल्म एक्सन जनराको फिल्म हो।  

बलिउड फिल्म 'सञ्जु'ले नेपाली फिल्मकर्मीलाई प्रत्यक्ष प्रभाव पारेको देखिन्छ। 'सञ्जु' प्रदर्शन भएको दोश्रो साता पनि 'चोखो माया' बाहेक कुनै नेपाली फिल्म प्रदर्शनमा छैन। यसरी ठुलो ब्यानरमा बनेको बलिउड फिल्मसँग फिल्म प्रदर्शन गर्न नेपाली फिल्मकर्मी डराउन थालेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell