A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__usermodelsUser.php.6996aacac82f93.43994048): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__usermodelsUser.php.6996aacac82f93.43994048,application/models/proxies/__CG__usermodelsUser.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__reportermodelsReporter.php.6996aacac86311.15426225): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__reportermodelsReporter.php.6996aacac86311.15426225,application/models/proxies/__CG__reportermodelsReporter.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

अर्जेन्टिनाका फ्यान एसएसपी सिंहको नजरमा अबको खेलाडी चाहिँ नेमार, टिम बलियो फ्रान्स
PahiloPost

Feb 19, 2026 | ७ फागुन २०८२

अर्जेन्टिनाका फ्यान एसएसपी सिंहको नजरमा अबको खेलाडी चाहिँ नेमार, टिम बलियो फ्रान्स



सविन ढकाल

अर्जेन्टिनाका फ्यान एसएसपी सिंहको नजरमा अबको खेलाडी चाहिँ नेमार, टिम बलियो फ्रान्स

काठमाडौं : सन् १९८६ अर्जेन्टिनाले विश्वकप जित्यो। स्टार खेलाडी बने म्यारोडोना। उनले विश्वका करोडौंको मन जिते। ती करौडौंमा एक थिए धीरजप्रताप सिंह।

महानगरीय अपराध अनुसन्धान महाशाखा प्रमुखको रूपमा जिम्मेवारी सम्हालिरहेका एसएसपी सिंह म्यारोडोनाको खेलले नै आफू अर्जेन्टिनाको समर्थक भएको बताउँछन्। उनले भने, 'म्यारोडोनाको खेल हेरेर म लोभिएँ। त्यस समयदेखि नै अर्जेन्टिनाको समर्थन गर्दै आएको छु।'

दुई पटक विश्वकपको टफी उचालेको अर्जेन्टिना रसियामा भइरहेको प्रतियोगितामा भने टप १६ बाटै बाहिरियो। अर्जेन्टिना बाहिरिएकोमा एसएसपी सिंह दु:खी हुनु स्वभाविक पनि बन्यो। 'आफूले सपोर्ट गरेको टिम बाहिरिँदा नमज्जा लाग्दो रहेछ। तर, खेल न हो जे पनि हुन्छ। अर्को विश्वकपमा राम्रो गर्ला भन्ने आशा छ,' एसएसपी सिंहले भने। 

म्यारोडोनापछि अर्जेन्टिनाको साख जोगाउँदै आएका मेसीले यसपटकको विश्वकपमा खासै उत्कृष्ट प्रदर्शन देखाउन सकेनन्। जम्मा एक गोलमात्र गरे उनले। एसएसपी सिंह मेसीको खेल उत्कृष्ट भए पनि उनलाई टिम सपोर्ट नभएको समीक्षा गर्छन्। एसएसपी सिंह भन्छन्, ‘मेसी राम्रा खेलाडी हुन्। उनले राम्रो खेल खेलेका थिए तर फुटबल टिम वर्क हो। उनलाई सपोर्ट गर्ने टिम भएन।'
 

अबको आशलाग्दा खेलाडी नेमार 

एसएसपी सिंह मेसीका फ्यान भए पनि त्यसपछिको छनोटमा परेका छन् ब्राजिलियन स्ट्राइकर नेमार। नेमारको खेलले उनको मन जितेको छ। क्वाटरफाइनल खेलमा एक गोल गरेर चर्चामा रहेका नेमार अबको स्टार खेलाडी भएको एसएसपी सिंहको बुझाइ छ। 

उनको बुझाइमा मेसी र रोनाल्डोको होइन अब नेमारको समय हो। ‘उनी अहिलेको विश्वकपका स्टार खेलाडी हुन्। उनले राम्रो खेलेको देखियो,’ उनले भने। एसएसपी सिंहलाई फ्रान्सका खेलाडीको पनि खेल मन परेको छ। समय अभावका कारण सबै खेल नहेरे पनि सिंह फ्रान्सको खेलको पनि खुलेरै प्रशंसा गर्छन्। 'फ्रान्समा युवा खेलाडीहरूको बाहुल्यता छ। एकदम राम्रो खेल खेलिरहेका छन्,' एसएसपी सिंहले भने।
 

‘स्कुल बङ्क गरेर फुटबल खेल्थेँ’ 

नेपालगन्जको नारायणी माध्यमिक विद्यालय पढेका सिंह विद्यार्थी जीवनमा खुबै फुटबल खेल्थे। उनले विद्यालमा  जिल्लास्तरीयसम्म खेलेको सुनाए। ‘म फर्वार्डमा खेल्थेँ। एकदम राम्रो खेलिन्थ्यो। धेरै गेमहरू जितेको पनि छौँ,' उनले भने। 

नेपाल प्रहरीको अब्बल अफिसरका रूपमा पहिचान बनाएका सिंह विद्यार्थी जीवनमा पढ्न भन्दा पनि बढी खेल्ने छात्रको रूपमा चिनिन्थे। ‘म पढ्नभन्दा पनि खेल्नमा बढी रुचाउँथे। स्कुल समयमा पनि क्लास छोडेर खेलेर बस्थेँ। धेरै पटक टिचर र अभिभावकको गाली खाएको छु,' उनले सुनाए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell