PahiloPost

Jun 19, 2026 | ५ असार २०८३

बक्स अफिसमा सलमानको 'रेस-३' रोकियो, फिल्मका वितरकलाई २० करोड घाटा



पहिलोपोस्ट

बक्स अफिसमा सलमानको 'रेस-३' रोकियो, फिल्मका वितरकलाई २० करोड घाटा

सलमान खान अभिनित फिल्म रेस ३ को बक्स अफिस ‘रेस’ करिब टुंगिएको छ। फिल्मले १ सय ७० करोड आम्दानी गरेको छ। फिल्मको वितरण सलमान खान र रमेश तुरानीले गरेकाले घाटा बेहोर्न नपर्ला तर व्यवसायिक हिसाबले वितरकले गुमाएको फिल्म हुन पुग्यो – रेस ३।

फिल्म वितरकले करिब २० करोड रुपैयाँ घाटा बेहोर्न पर्यो फिल्मबाट। खान र तुरानी आफैँ वितरक भएकाले स्वतन्त्र वितरक भने बचेका छन् यसको कारोबारमा। फिल्मका निर्माताहरुले सबैभन्दा धेरै आम्दानी चलचित्र घर बाहिर (नन थियटर)बाट गरेका छन्। यसले उनीहरु घाटामा गएनन्। हलकै भर परेका हुन्थे भने फिल्म नराम्ररी फ्लप हुने थियो। 

स्रोतका अनुसार १ सय ३० करोडमा फिल्म बनेको हो। निर्माताहरुले स्याटलाइट र डिजिटल राइटस् ८० करोडमा बिक्री गरेका छन्। सलमान खानको स्टारडमका कारण आम्दानीको ठूलै अपेक्षा गरिएको थियो। फिल्मको अधिकांश सुटिङ आवुधावीमा भएको थियो। त्यसैले युएइ सरकारले ४० करोड रुपैयाँ फिर्ता गरेको थियो। 

मुम्बई, दिल्ली, युपी र पूर्वी पञ्जावको सर्किटमा वितरण जिम्मा लिएका खान र तुरानीले करिब ४० करोडको सेयर हात पारे। स्याटलाइट र डिजिटल राइट्सबाट उनीहरुको हातमा ६५ करोड पर्यो । यस आधारमा निर्माता र हिरोले फिल्मबाट करिब १ सय करोड बटुल्न सके जबकि अरु वितरकले २० करोड रुपैयाँ गुमाए। 
 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell