PahiloPost

May 15, 2026 | १ जेठ २०८३

सलमान र आमिरका फिल्मलाई पछि पार्‍यो 'सञ्जु'ले



पहिलोपोस्ट

सलमान र आमिरका फिल्मलाई पछि पार्‍यो 'सञ्जु'ले

काठमाडौं : बलिउड फिल्म 'सञ्जु'ले अर्को रेकर्ड राखेको छ। विदाका दिन पारेर एक हप्तामा २०० करोड कमाउने सलमान खानका फिल्महरुभन्दा सञ्जु बक्सअफिसमा बलियो देखिएको हो।

सलमानका फिल्म 'सुल्तान' र 'टाइग जिन्दा है'ले प्रदर्शनको पहिलो हप्तामा २०० करोड कमाएको थियो। दुवै फिल्म विदाका दिन प्रदर्शन भएको थियो। 'सुल्तान' इद  र 'टाइग जिन्दा है' क्रिसमसको विदामा प्रदर्शन भएको थियो। विदाका दिन फिल्म प्रदर्शन गर्दा दर्शकको संख्या बढ्ने फिल्मकर्मीको बुझाई छ।    

क्रिसमसमा प्रदर्शन भएको फिल्म दंगलले १९३.५३ कमाएको थियो भने इदमा प्रदर्शन भएको बजरंगी भाइजानले १८४.६२ कमाएको थियो।

सञ्जु कुनै यस्ता ठुला विदामा नभइ शुक्रबार प्रदर्शनमा आएको थियो। तर फिल्मले २०२ करोड भन्दा बढि कमाइसकको भारतीय मिडियाले जनाएको छ

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell