PahiloPost

Sep 11, 2025 | २६ भदौ २०८२

युरोप टुरका लागि प्रारम्भिक क्रिकेट टोली घोषणा : सुवास र प्रदिपको पुनरागमन, हरी पहिलो पटक क्याम्पमा



पहिलोपोस्ट

युरोप टुरका लागि प्रारम्भिक क्रिकेट टोली घोषणा : सुवास र प्रदिपको पुनरागमन, हरी पहिलो पटक क्याम्पमा

काठमाडौं : सुवास खकुरेल र प्रदिप ऐरीलाई समेट्दै युरोप भ्रमण जाने नेपाली क्रिकेट टोलीको प्रारम्भिक टोली घोषणा भएको छ।

नेपाले यही जुलाई अन्तिममा एमसीसी र नेदरल्याण्ड्सको टुर गर्दैछ। त्यसैको लागि २० सदस्यीय टोली शुक्रवार घोषणा भएको हो।

जसमा पूर्व विकेटकिपर सुवास खकुरेलसँगै हार्ड हिटर प्रदिप ऐरीले पनि स्थान बनाउदा हरि क्षेत्री पहिलो पटक नेपालको क्याम्पमा परेका हुन्।

प्रधानमन्त्री कप वान डे क्रिकेटमा यी तिनै खेलाडीले उत्कृष्ट प्रदर्शन गरेका थिए। सुवास प्रदिपको उत्कृष्ट ब्याटिङ मद्दतमा एपीएफले प्रधानमन्त्री कपको उपाधि जितेको थियो।

यस्तै वान डे वर्ल्डकप कप क्वालिफायरमा टिममा नपरेका आर्मीका कप्तान विनोद भण्डारी पनि प्रारम्भिक टोलीमा अटाएका छन्। यस्तै सुनिल धमला र सुशन भारी टोलीमा समावेश छन्।

आइसीसी प्रतिनिधि अनिमुल इस्लाम, राष्ट्रिय टिमका प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्काको छनोट समितिले २० खेलाडी छनोट गरेको हो।

नेपालले जुलाई २९ मा लर्ड्समा हुने टी-२० ट्राइ सिरिजमा एमसीसी र नेदरल्याण्ड्ससँग खेल्नेछ। नेपाल र नेदरल्याण्ड्सबीच खेल खेलले टी-२० इन्टरनेशनल मान्यता पाउने पक्का भइसकेको छ।

यस्तै वान डे इन्टरनेशनल स्ट्याटस पाएपछि नेपालले अगस्ट पहिलो साता नेदरल्याण्ड्स टूर गर्न लागेको हो। उक्त टुरमा नेपालले इतिहासकै पहिलो वान डे इन्टरनेशनल म्याच खेल्नेछ। सिरिजमा दुई खेल हुनेछ।

नेपाली टोलीको क्लोज क्याम्प शनिवारदेखि सुरु हुनेछ।

 

प्रारम्भिक चरणमा छानिएका खेलाडी

अनिल कुमार शाह

बसन्त रेग्मी

विनोद भण्डारी

दीपेन्द्र सिंह ऐरी

ज्ञानेन्द्र मल्ल

हरी क्षेत्री

करण केसी

ललित भण्डारी

ललित नारायण राजवंशी

मोहम्मद आरिफ शेख

पारस खड्का

प्रदिप ऐरी

रोहित कुमार पौडेल

सन्दीप लामिछाने

शक्ति प्रसाद गौचन

शरद भेषावकर

सोमपाल कामी

सुवास खकुरेल

सुनिल धमला

सुसन भारी

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell