PahiloPost

Aug 16, 2026 | ३१ साउन २०८३

काठमाडौंमा बेचिन्छ अकालमै मरेका कुखुराको मासु, मरेका कुखुरा सहित तीन जना पक्राउ



पहिलोपोस्ट

काठमाडौंमा बेचिन्छ अकालमै मरेका कुखुराको मासु, मरेका कुखुरा सहित तीन जना पक्राउ

काठमाडौं : राजधानीमा अकालमै मरेका कुखुराको मासु बिक्री हुने गरेको खुलेको छ। महानगरीय प्रहरी बृत्त लैनचौरको टोलीले बिहीवार मरेको कुखुरा बिक्री गर्न लगिरहेको अवस्थामा १ सय ७० किलो कुखुरा सहित तीन जनालाई पक्राउ गरेको छ। 

पिकअप भ्यानमा मरेको कुखुरा राखी नयाँ बजारक्षेत्रमा बिक्री बितरण गर्दै हिँडेको अवस्था पक्राउ गरेको काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेलले बताए। 

एसएसपी पोखरेलले भने, 'जनताको स्वास्थ्यमाथि खेलवाड भएको सुचनाको आधारमा अनुसन्धान गरिरहेका थियौं। बिहीवार पक्राउ गर्न सफल भएका हौं।' प्रहरीले हेटौडा महानगरपालिका वडा नम्बर ११ का ३५ वर्षीय चन्द्रबहादुर अधिकारी, २० वर्षीय अनिश दोङ र कुखुरा व्यापारी हिमाल बर्तौलालाई नियन्त्रणमा लिएको हो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell