PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

५५ वर्षयता बेल्जियमले ब्राजिललाई हराउन सकेको छैन, तोडिएला इतिहास?



पहिलोपोस्ट

५५ वर्षयता बेल्जियमले ब्राजिललाई हराउन सकेको छैन, तोडिएला इतिहास?

रसियामा भइरहेको २१औँ संस्करणको विश्वकपअन्तर्गत आजदेखी क्वाटरफाइनल खेल हुँदैछ। राती ११:४५ बजे खेल खेलमा पाँच पटकको च्याम्पियन ब्राजिल र बेल्जियम भिड्दैछन्

एकातिर १६ वर्षपछि विश्वकप जित्ने योजनामा छ भने अर्कोतर्फ गोल्डेन जेनेरेसन टोली ब्राजिललाई हराउँदै दोस्रो ३२ वर्षपछि सेमिफाइनल पुग्ने अभियानमा छ।

ब्राजिल र बेल्जियम अहिलेसम्म विश्वकपमा एक पटक मात्र भिडेका छन्। २००२ को विश्वकपको अन्तिम १६ मा ब्राजिलले बेल्जियमलाई २-० ले हराएको थियो। समग्रमा यी दुई टोली ४ पटक भिडेका छन्। जसमा ब्राजिलले ३ खेल जित्दा रेड डेभिल्सले एक मात्र खेल जितेको छ।

सन् १९६३ मा यी दुईबीच पहिलो पटक मैत्रीपूर्ण खेल भएको थियो। उक्त खेल युरोपियन टोली बेल्जियमले जितेको थियो तर त्यसयता भने बेल्जियमले ब्राजिललाई हराउन सकेको छैन।

१९६५ मा भएको मैत्रीपूर्ण खेल ब्राजिलले ५-० ले जितेको थियो भने १९९८ मा भएको मैत्रीपूर्ण खेलमा ब्राजिल २-१ ले विजयी भएको थियो।

६३ वर्षपछि बेल्जियम ब्राजिललाई पराजित गर्ला वा ब्राजिलले इतिहासलाई कायमै राख्ला त्यसको लागि राती हुने खेलको नतिजा कुर्नुपर्नेछ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell