PahiloPost

May 15, 2026 | १ जेठ २०८३

क्वाटरफाइनल खेल्ने विपक्षी टिमका खेलाडीले नै भने, ब्राजिलियन टोलीमा कुनै कमजोरी छैन



पहिलोपोस्ट

क्वाटरफाइनल खेल्ने विपक्षी टिमका खेलाडीले नै भने, ब्राजिलियन टोलीमा कुनै कमजोरी छैन

रसिया विश्वकपमा सर्वाधिक ६ गोल गरेका ह्यारी केनपछि ४ गोल सहित रोमेलु लुकाकु गोल्डेन बुटको प्रतिस्पर्धामा अगाडी रहेका छन्। लुकाकुले पानामा र ट्युनिसियाविरुद्धको खेलमा समान २ गोल गरि टोलीलार्इ अन्तिम १६ मा पुर्‍याउन प्रमुख भूमिका निभाएका थिए।

आज ब्राजिल विरुद्धको खेलमा गोल गरी बेल्जियमलार्इ बिजयी बनाएको खण्डमा लुकाकु गोल्डेन बुट र विश्वकप उपाधीको अत्यन्त नजिक पुग्नेछन्।

तर बेल्जियमका प्रभावशाली स्ट्राइकर रहेका रोमेलु लुकाकुले टिटेको प्रशिक्षणमा रहेको ब्राजिलियन टोलीमा कुनै कमजोरी नरहेको बताए। 'मलार्इ लाग्छ कि उनीहरुसँग कुनै कमजोरी छैन। उनीहरु डिफेन्समा एकदमै शक्तिशाली छन्,  खतरनाक मिडफिल्डर र उत्कृष्ट एयाट्याकर्स छन्।'

यस्तै विश्वकपमा विवादित छवि बनाएका नेमारलार्इ रोमेलु लुकाकुले विश्वकै उत्कृष्ट फुटबलर रहेको बताएका छन्।

खेलपूर्व पत्रकार सम्मेलनमा बोल्दै लुकाकुले भने 'नेमार एक्टर होइनन् उनीसँग खेलाडीका रुपमा उत्कृष्ट क्षमता छ। डिफेन्सले नेमारप्रति बढी नै आक्रमक हुने कुरा सामान्य हो तर मेरा लागि नेमार विश्वकै उत्कृष्ट फुटबलर रहनेछन्।'

जापानलार्इ खेलको अन्तिम समयमा नाटकिय रुपले पराजित गर्दै बेल्जियम सेमिफाइनलमा पुगे पछि लुकाकुले आफ्नो टोलीलार्इ जीवनमा केही सहज नभएको र हामीले अन्तिमसम्म लडाइ लड्नुपर्ने बताएको भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell