PahiloPost

Sep 11, 2025 | २६ भदौ २०८२

डा केसीका माग पूरा हुनुपर्छ भन्दै कर्णालीका महिला पुगे अस्पताल

डा केसीका माग पूरा हुनुपर्छ भन्दै कर्णालीका महिला पुगे अस्पताल

पहिलोपोस्ट /पहिलोपोस्ट


अनशनको सातौं दिन प्राध्यापक डाक्टर गोविन्द केसीको माग पूरा हुनुपर्ने माग राख्दै जुम्लाका महिलाहरु प्ले-कार्ड बोकेर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगेका छन्।

अनशनरत डा केसी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसियूमा छन। जुलुस निकाल्नेहरु द्न्द्व पीडित एकल महिला भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टर भुमेश काफ्लेले बताए।

डा केसीलाई अनशन सुरु गरेको चार दिनसम्म प्रहरीको नियन्त्रणमा कभर्ड हलमा राखिएको थियो। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनशन बस्न जाँदै गर्दा शनिवार उनलाई पक्राउ गरिएको थियो।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनशन बस्न पुगेका केसीलाई प्रहरीले पक्राउ गरेपछि उनले हिरासतबाट नै अनशन सुरु गरेका थिए। त्यसपछि केसीलाई  जिल्ला खेलकुद विकासको हलमा ल्याएर छोडिएको थियो। 

चिकित्सकबाट अस्पताल लगेर उपचार गराउनका लागि गरिएको आग्रह र सुझावलाई समेत बेवास्ता गरिएको भन्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टर, नर्स तथा कर्मचारीहरु आन्दोलनमा उत्रिएपछि उनलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सारिएको थियो।
 


ट्रेन्डिङ पोस्ट

Ncell