PahiloPost

Jun 19, 2026 | ५ असार २०८३

डा केसीको माग पूरा गर्न दबाब : आजबाट देशभरका चिकित्सकहरु कालोपट्टी बाधेर उपचारमा



पहिलोपोस्ट

डा केसीको माग पूरा गर्न दबाब : आजबाट देशभरका चिकित्सकहरु कालोपट्टी बाधेर उपचारमा

काठमाडौं : नेपाल चिकित्सक संघले डाक्टर गोविन्द केसीको जीवन रक्षाको माग गर्दै आजबाट देशभरका स्वास्थ्य संस्थामा कालो पट्टी बाधेर काम गर्ने निर्णय गरेको छ। 

त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीलाई आगामी आइतबार ज्ञापनपत्र बुझाउने संघले जनाएको छ। ज्ञापनपत्र बुझाएको ७२ घण्टाभित्र सरकारले डा केसीको माग पूरा नगरे थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने संघले जनाएको छ।

डा केसी सात दिनदेखि जुम्लामा अनशनरत छन्। अनशनको पहिलो दिन पक्राउ परेका उनलाई अहिले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell