PahiloPost

Sep 11, 2025 | २६ भदौ २०८२

सुन तस्करीको नयाँ तरिकाः मलद्वारभित्र डेढ किलो सुन ल्याउँदै गर्दा विमानस्थलबाट पक्राउ परे दुई भारतीय



पहिलोपोस्ट

सुन तस्करीको नयाँ तरिकाः मलद्वारभित्र डेढ किलो सुन ल्याउँदै गर्दा विमानस्थलबाट पक्राउ परे दुई भारतीय

काठमाडौः विमानस्थलबाट अवैध रुपमा ल्याएको सुनसहित दुई जना पक्राउ परेका छन्।

विमानस्थल प्रहरीले दुबई हुँदै आएको १ किलो ६ सय ग्राम सुनसहित दुई जनालाई नियन्त्रणमा लिएको हो।

भारतको केरला घर भएका उनीहरूले मलद्वारमा लुकाएर सुन ल्याएको विमानस्थलका प्रहरी प्रमुख डिआइजी कमल जिटिले जानकारी दिए। डिआइजी जिटीले भने,'उनीहरूको हिँडाइ र अन्य अवस्थामा शंका लागेर पुन: बडी स्क्यान गर्दा सुन भेटिएको हो।'

फ्लाइ दुबईको विमानबाट आएका उनीहरू विमानस्थलबाट बाहिरिसकेका थिए। विमानस्थलमा रहेको स्क्यानिङ मेसिनले उनीहरूले सुन बोकेको देखाएको थिएन।उनीहरूले ल्याएको सुनको मूल्य ७५ लाख रुपैयाँ भन्दा बढी हुन आउँछ।

महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले थानकोटबाट केहि दिनअघि मात्र ६ किलो सुनसहित एक जनालाई पक्राउ गरेको थियो।
सिन्धुपाल्चोक घर भएका २३ वर्षीय तेन्जिङ तामाङलाई प्रहरीले पक्राउ गरेको थियो। 
विमानस्थलबाट अवैध रुपमा सुन भित्रिने गरेको तथ्याङक सार्वजनिक भएपछि विमानस्थलको सुरक्षा व्यवस्था कडा बनाउँदा तस्करहरूले नयाँ नयाँ तरिका अपनाउने गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell