PahiloPost

May 15, 2026 | १ जेठ २०८३

डा केसीका मागलाई बेवास्ता गर्दै चिकित्सा शिक्षा विधेयक संसदमा दर्ता



पहिलोपोस्ट

डा केसीका मागलाई बेवास्ता गर्दै चिकित्सा शिक्षा विधेयक संसदमा दर्ता

काठमाडौं: चिकित्सा शिक्षा विधेयक संसदमा दर्ता भएको छ। यसअघि विचाराधीन प्रतिस्थापन विधेयक फिर्ता लिँदै सरकारले नयाँ विधेयक दर्ता गरेको हो। बुधबारको मन्त्रिपरिषद बैठकले नयाँ विधेयक दर्ता गर्ने निर्णय गरेअनुसार विधेयक दर्ता भएको हो। 

चिकित्सा शिक्षा अध्यादेश र अनशनरत डा गोविन्द केसीका मागभन्दा फरक ढंगबाट विधेयक दर्ता भएको छ। अध‍्यादेशमार्फत सरकारले ल्याएका प्रावधान विधेयकमा उल्लेख छैनन्।

अध्यादेश हिजोबाट निष्क्रिय भएपछि सरकारले आजै विधेयक संसदमा दर्ता गरेको हो।

दर्ता विधेयक यसअघिको प्रतिस्थापन विधेयकभन्दा फरक छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell