पशुपतिनाथ मन्दिर वरपर आज एउटा अनौठो जात्रा मनाइयो। जात्रामा केही बालबालिकालाई त्रिशुल घोचेको जस्तो देखिन्थ्यो। भलभल अष्टमिको दिनमा यस्तो जात्रा मनाइन्छ। स्थानीय नेवार भाषामा यसलाई मचाति जात्रा भनिन्छ। जात्राबारे केही तथ्य
१) यो जात्रालाई काठमाडौँबासीहरुले हेर्न नहुने जात्रा पनि भनिन्छ।
२) यो जात्रामा सहभागीहरुले काठमाडौँबासीहरुलाई जथाभावी गाली गर्ने गर्छन्। किन गाली गर्छन् त? यसबारे एउटा लोककथा छ। भूमि आचाजु नामका एक पुरोहितले आफ्नो शरीर घरमै छाडेर आत्मा अमृतको घडा लिन गएका थिए। उनकी पत्नी काठमाडौँबासी थिइन्। पतिले नहेर्नु भनेको कोठामा पत्नीले गएर हेर्दा पतिको शरीरमात्र देखेर मृत्यु भएको भन्ठानेर माइती गएर मानिसहरुलाई बोलाएर लाश अन्त्येष्टिका लागि लगेछन्। यता भूमि आचाजुले यो कुरा चाल पाएछन्। हतार हतार फर्कँदा त आफ्नो शरीरमा आगो लगाइसकेका रहेछन्। अनि उनले आफूले बोकेर ल्याएको अमृतको घडा त्यहीँ पोखिदिन्छन्। त्यो अमृत कागले खान्छ र आफ्नो मुख दुबोमा पुच्छ। यही घटना सम्झिएर जात्रामा सहभागीहरुले काठमाडौँवासीलाई गाली गर्ने गरेका हुन्। आजभोलि भने गालीको ठाउँमा हरहर महादेवमात्र भन्ने चलन सुरु भएको छ।
३) त्यतिबेला राक्षसहरुले बालबालिकाहरुलाई खाएर दुःख दिने गर्थे। राक्षसहरुलाई तर्साउनका लागि हामीकहाँ बच्चा लिन आयौ भने यस्तो हालत गर्छौँ भनेर देखाउन त्रिशुल जात्रा गरिएको भन्ने प्रचलन छ।
४) अर्को श्रुतिकथन अनुसार बालबालिकाहरु हराएर कायल भएपछि राक्षसकै बच्चाहरुलाई ल्याएर जिउँदै त्रिशुल घोचेर जात्रा गर्न थालिएको हो।
५) जात्राका क्रममा रथसँगै लाश लगेको जस्तै गरी भूमि आचाजुको शवयात्रा गर्ने प्रचलन छ। आचाजुको प्रतिक स्वरुपको लाशलाई राजेश्वरी घाटमा लगिन्छ।
६) आर्यघाट नजिकैको बछलेश्वरी, बज्रघर र जयबागेश्वरी तीन ठाउँबाट रथ ल्याइन्छ। दुईवटा रथमा एक एक जना बच्चालाई त्रिशुल घोचेको जस्तो बनाइन्छ। त्यस्तै अर्को एउटा रथमा सबैभन्दा माथि केटा बच्चा र दायाँ बायाँ केटी बच्चालाई त्रिशुल पेटमा घोचेको जस्तो गरेर जात्रा निकालिन्छ।