
काठमाडौं : तेस्रो ललित स्मृति यू-१८ फुटबल च्याम्पियनसिपको उपाधि बिग्रेड ब्वांइज क्लब (बिबिसि)ले जितेको छ। शुक्रवार भएको फाइनलमा दुई पटकको च्याम्पियन त्रिभुवन आर्मीलाई १-० ले स्तब्ध पार्दै बिबिसी च्याम्पियन बनेको हो।
एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा बिबिसीलाई जित दिलाउन खेलको ८७औँ मिनेटमा अनुप गुरुङले एक मात्र गोल गरे।
च्याम्पियन बिबिसीले नगद ३ लाख हात पार्दा रनर्स अप आर्मीले १ लाख ५० हजारमा चित्त बुझायो।
बिबिसीका आकाश रानाभाट उत्कृष्ट गोलकिपर, जय गुरुङ उत्कृष्ट मिडफिल्डर र उजेन श्रेष्ठ उत्कृष्ट प्रशिक्षक घोषित भए। यस्तै आर्मीका विकास खवास उत्कृष्ट डिफेण्डर, दिनेश हेन्जन उत्कृष्ट फरवार्ड घोषित भए।
उत्कृष्ट सबैले १० हजार हजार प्राप्त गरे।
विजेता टिम तथा खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार विष्ट, एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा, एन्फा महासचिव इन्द्रमान तुलाधर लगायतले पुरस्कारवितरण गरे।