PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

ब्राजिल आउट भएपछि युरोपियन राष्ट्रले विश्वकप जित्ने पक्का



पहिलोपोस्ट

ब्राजिल आउट भएपछि युरोपियन राष्ट्रले विश्वकप जित्ने पक्का

रसियामा भइरहेको २१औँ संस्करणको फिफा विश्वकप फुटबलको उपाधि युरोप बाहिर नजाने पक्का भएको छ।

शुक्रवार भएको दुई क्वाटरफाइनलमा खेलमा दक्षिण अमेरिकी राष्ट्रहरु पराजित भएपछि युरोपियन राष्ट्रले नै विश्वकप ट्रफी उचाल्ने पक्का भएको हो। सन् २००२ मा ब्राजिलले विश्वकप जितेयता युरोपियन राष्ट्रले मात्र उपाधि जित्दै आएको छ। पछिल्लो चार संस्करणमा विश्वकपले चार फरक विजेता समेत पाउने भएको छ। २००६ मा इटली, २०१० मा स्पेन तथा २०१४ मा जर्मनीले विश्वकप ट्रफी उचालेको थियो। यसमध्ये इटली छनोट हुने सकेन र स्पेन र जर्मनी बाहिरिसकेको छ।

पहिलो क्वाटरफाइनलमा दुई पटकको च्याम्पियन उरुग्वे प्रान्ससँग पारजित हुँदा पाँच पटकको विजेता ब्राजिल मात्र दक्षिण अमेरिकीहरु आशा थियो। तर ब्राजिललाई दोस्रो क्वाटरफाइनलमा बेल्जियमले पराजित गरेपछि दक्षिण अमेरिकी चुनौती क्वाटरफाइनलमै समाप्त भएको हो।

दक्षिण अमेरिकी राष्ट्रमध्ये पेरु समूह चरणबाटै घर फर्किएको थियो भने अर्जेन्टिना र कोलम्बिया अन्तिम १६ बाट आउट भएको थियो।

अब रसिया विश्वकपको उपाधि होडमा बाँकी रहेका ६ वटै टिम युरोपका छन्। जसमध्ये फ्रान्स र बेल्जियमले सेमिफाइनल भिडन्त पक्का गरिसकेको छ।

यस्तै तेस्रो क्वाटरफाइनलमा आयोजक रसियाले क्रोएसिया तथा चौथो क्वाटरफाइनलमा सन् १९६६ को च्याम्पियन इंग्ल्याण्डले स्वीडेनसँग खेल्नेछ।

अब रसिया विश्वकपमा दुई मात्र पूर्व विजेता फ्रान्स र इंग्लयाण्ड बाँकी छन्।

यदी बेल्जियमले फ्रान्सलाई पराजित गरेमा र अर्को पोलबाट इंग्ल्याण्ड बाहेक बाँकी मध्ये एक टिम फाइनल पुगेमा रसिया विश्वकपले नयाँ विश्वविजेता पाउनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell