PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

प्लेयर्स टू वाच : ह्यारी केन, इमिल फरसबर्ग, इगोर अकिनफिभ र ड्यानिएल सुबासिसमा सबैको नजर



पहिलोपोस्ट

प्लेयर्स टू वाच : ह्यारी केन, इमिल फरसबर्ग, इगोर अकिनफिभ र ड्यानिएल सुबासिसमा सबैको नजर

आज विश्वकपमा ४ युरोपियन देशहरु सेमिफाइनलका लागि भिँड्दैछन्। बेलुकी ७:४५ बजे इंग्ल्याण्डले स्विडेनको सामना गर्नेछ भने ११:४५ मा आयोजक राष्ट्र रसिया र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ।
 
अन्तिम १६ को खेलमा उत्कृष्ट प्रदर्शन गरी आफ्नो टोलीलार्इ क्वाटरफाइनलसम्म पुर्‍याउन सफल ४ खेलाडीमाथि आज सबैको नजर रहनेछ।  


ह्यारी केन (इंग्ल्याण्ड)

कोलम्बियालार्इ पेनाल्टी सुटआउटमा पराजित गर्दै इंग्ल्याण्ड क्वाटरफाइनलमा प्रवेश गरेको हो। विश्वकपमा सर्वाधिक गोल गरेका ह्यारी केनले युवाहरुको वर्चश्व रहेको इंग्ल्याण्डको नेतृत्व गरिरहेका छन्। गोल्डेन बुटका प्रमुख दाबेदार रहेका ह्यारीले रसियामा ६ गोल गरिसकेका छन्। कोलम्बियासँगको खेलमा पनि उनले गोल गरी आफ्नो टोलीलार्इ अग्रता दिलाएका थिए। ट्युनिसिया विरुद्धको पहिलो खेलमा दुर्इ गोल गरी टोलीलार्इ विजयी बनाएका थिए। पानामा विरुद्धको खेलमा केनले हयाट्रिक गर्दै इंग्ल्याण्डलार्इ ६-१ ले विजयी बनाएका थिए। उनले इंग्ल्याण्डका लागि २७ खेलमा १९ गोल गरिसकेका छन्।
 
रसियामा उत्कृष्ट प्रदर्शन गर्दै आएका ह्यारी केनको यो विश्वकपमा धेरै प्रशंसा भइरहेको छ। इंग्ल्याण्ड फुटबल टोलीका पूर्व मिडफिल्डर जेमी रेडकन्यापले त ह्यारी केनलार्इ ‘हाम्रो मेसी, हाम्रो रोनाल्डो’ भनेका थिए। २८ वर्ष अघि सेमिफाइनलमा पुगेको इंग्ल्याण्डका लागि फेरि इतिहास रच्ने मौका रहेको छ। यदि केनले आफ्नो टोलीलार्इ विश्वकपका अघिल्लो चरणहरुमा पुर्याउन सफल भए उनी इंग्ल्याण्डका उत्कृष्ट स्ट्राइकर बन्नेछन्। २०१७ मा ‘गार्डियन’ले वेस्ट फुटबलर अन द प्लानेटको सूचीमा पाचौं नम्बरमा राखेको थियो उनलाई।

इमिल फरसबर्ग (स्विडेन)

स्विटजरल्याण्डलार्इ अन्तिम १६ मा पराजित गरेर स्विडेनलार्इ क्वाटरफाइनलमा पुर्याउने नायक हुन् इमिल फरसबर्ग। उनले ६६ मिनेटमा गरेको गोल नै स्विडेनको जितका लागि पर्याप्त बन्यो। बुनडेसलिगामा उत्कृष्ट एट्याकिङ मिडफिल्डरका रुपमा रहेका फरसबर्गमाथि स्विडेनका समर्थकहरुले धेरै आशा राखेका छन्। इंग्ल्याण्ड जस्तो बलियो टोलीका सामु स्विडिस टोलीले धेरै मेहनत गर्नुपर्नेछ। १९९४ विश्वकपमा तेस्रो भएको स्विडेनका खेलाडीमाथि नयाँ इतिहास रच्ने अवसर छ।
 
२६ वर्षीय फरसबर्गले स्विडेनबाट ४० खेलमा ७ गोल गरिसकेका छन्। आरपी लिपजिकबाट फुटबल खेल्दै आएका फरसबर्गले क्लब फुटबलमा ७८ गोल गरिसकेका छन्। उनकी पत्नी सानगा हुसेन पनि फुटबल खेलाडी हुन्।

इगोर अकिनफिभ, रसिया

सन् २०१० को विश्वविजेता स्पेनलाई पेनाल्टी सुटआउटमा ४-३ ले पराजित गर्दै आयोजक रसिया विश्वकपको क्वाटरफाइनलमा पुगेको हो।
स्पेनका कोके र असपासले प्रहार गरेको दुवैको पेनाल्टी रसियाका गोलकिपर इगोर अकिनफिभले बचाएका थिए। आसपासको पेनाल्टी गोलकिपर अकिनफिभले ढलिसकेका बेला खुट्टाले छेकेर बचाएका थिए। रसियन टोलीको कप्तानी सम्हालिरहेका ३२ वर्षिय अकिनफिभले ११० खेल खेलिसकेका छन्।
 
४ वर्षको उमेरमा सिएसकेए मस्को पुगेका अकिनफिभ हालसम्म त्यही क्ल्बबाट खेल्दै आएका छन्। ५ सय ५० भन्दा धेरै खेलमा खेलिसकेका उनी सो क्ल्बका लिभिङ लेजेन्ड मानिन्छन्। स्पेन जस्तो टोलीलार्इ पराजित गरेर उच्च मनोबलका साथ आज क्रोएसियाविरुद्ध रसिया मैदानमा उत्रँदैछ। उपाधी दाबेदार मानिएको क्रोएसियासँगको खेलमा घरेलु मैदानमा आफनो टोलीलार्इ विजयी बनाउनु पर्ने चुनौती अकिनफिभ माथि रहनेछ। 

ड्यानिएल सुबासिस क्रोएसिया

गोलकिपर ड्यानिएल सुबासिसले डेनमार्कसँगको खेलमा भएको पेनाल्टी सुटआउटमा ३ पेनाल्टी रोकेपछि क्रोएसिया क्वाटरफाइनलमा प्रवेश गरेको हो। सुबासिसले साइमन जाएर, लास सोएन र निकोलाइ जर्गेनसनको पेनाल्टी रोकेका थिए।
 
गोलकिपर ड्यानिएल सुबासिसले क्रोएसियाको नम्बर एक गोलकर्ताको रूपमा आफ्नो स्थान सुरक्षित गर्न लामो समय प्रतीक्षा गर्नुपर्‍यो। २००२, २००६ र २०१४ विश्वकपमा खेलेका स्टिप पलेटिकोसाले सन्यास लिएपछि मात्र सुबासिस क्रोएशियाको जर्सीको हकदार बने। तथापि, त्यस क्षणबाट उनले क्रोएसियालार्इ निराश बनाएका छैनन्। यूरो २०१६ मा सुबासिसले समूह चरणको खेलमा स्पेनका सर्जियो रमोसको पेनाल्टी बचाएर उनले क्रोएसियालार्इ विजय बनाएका थिए।
 
क्लबस्तरमा पनि उनी सफल रहेका छन्। २०१२ पछि हजडुक सुपिल्टबाट एएस मोनाको पुगेका सुबासिसले त्यहाँ उत्कृष्ट करियर बनाउँदैछन्। उनले एएस मोनाकोलार्इ लिग वान २०१६/१७ को उपाधी जिताएर आफैंलाई एक लिडरका रूपमा स्थापित गरेका छन्। सोही वर्ष उनी लिग वानमा उत्कृष्ट गोलकिपर घोषित भएका थिए। आज ड्यानिएल सुबासिसका सामु आयोजक रसिया रहेको छ जो स्पेनलार्इ पेनाल्टी सुटआउटमा पराजित गरेर क्वाटरफाइनल पुगेको हो।
 
रसियाका गोलकिपर इगोर अकिनफिभ र क्रोएसियाका गोलकिपर ड्यानिएल सुबासिस माथि सबैले राम्रो प्रदशर्नको अपेक्षा राखेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell