PahiloPost

Sep 11, 2025 | २६ भदौ २०८२

डा. केसीको आन्दोलनमा वैद्यको साथ, माग पूरा गर्न चेतावनी



पहिलोपोस्ट

डा. केसीको आन्दोलनमा वैद्यको साथ, माग पूरा गर्न चेतावनी

काठमाडौंः डा. गोविन्द केसीको सत्याग्रह प्रति नेकपा (क्रान्तिकारी माओवादी)ले एक्यवद्धता जनाएको छ। मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीको वैधानिक मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चा (देजमो)ले शनिवार वक्तव्य जारी गर्दै डा. केसीले उठाएका जायज माग पूरा गर्न माग गरेको छ।

क्रान्तिकारी माओवादीका वरिष्ठ नेता तथा देजमोका अध्यक्ष सिपी गजुरेलले शनिवार वक्तव्य जारी गर्दै नेपालको स्वास्थ्य र शिक्षा क्षेत्रमा भइरहेको विसंगतिका विरुद्ध यस भन्दा अघि चौध पटक अनसन बसिसकेका केसीको आन्दोलन प्रति एक्येवद्धता जाहेर गरेका हुन्।

कर्णालीको जुम्लामा अनसन बसेको एक हप्ता बितिसक्दा पनि उनको माग सुनुवाइ नभएको भन्दै माग पूरा गर्न देजमोले माग गरेको छ। ‘डा. गोविन्द केसीले विगतमा स्वास्थ्य र शिक्षा क्षेत्रमा भएका विसंगतिहरुका विरुद्ध बसेका अनशनमा सरकारले पूरा गर्ने सहमति गरेका विषयहरू समेत उल्टाउने गरी ओली नेतृत्वको सरकारले “राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश प्रतिस्थापन विधेयक” कै भूमिका खेल्ने “राष्ट्रिय चिकित्सा शिक्षा विधेयक”लाई संसद् सचिवालयमा दर्ता गर्नुले आगोमा घिउ थप्ने काम गरेको छ,’ वक्तव्यमा अगाडि भनिएको छ, ‘अनसनमा रहेका डा. गोविन्द केसी सँग वार्ता गरी जायज मागहरू पूरा गर्नुको सट्टा उल्टो अनसनकारीलाई नै “अधिनायकवाद”को आरोप लगाउनुले यो सरकारको डा. केसी प्रतिको पुर्वाग्रही दृष्टिकोण स्पष्ट देखिन्छ।’

यसबाट उनको जीवनरक्षामा थप खतरा पैदा हुने सम्भावना बढेको भन्दै डा. गोविन्द केसीले उठाएका जायज मागहरू पुरा गर्न सरकारसँग देजमोले माग गरेको छ। साथै देजमोले उनको जीवन रक्षामा कुनै पनि किसिमको लापरबाही नगर्न समेत चेतावनी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell