PahiloPost

Sep 11, 2025 | २६ भदौ २०८२

रसिया विश्वकप : सेमिफाइनल पुग्ने ३ टिमको छिनोफानो, रसिया र क्रोएसियामध्ये को पुग्ला?



पहिलोपोस्ट

रसिया विश्वकप : सेमिफाइनल पुग्ने ३ टिमको छिनोफानो, रसिया र क्रोएसियामध्ये को पुग्ला?

रसियामा भइरहेको फिफ विश्वकप २०१८ मा सेमिफाइनल पुग्ने ३ टोलीको टुङ्गो लागेको छ।

शनिवार समारा एरेनामा भएको खेलमा स्वीडेलाई २-० ले पराजित गर्दै इंग्ल्याण्ड सेमिफाइनल पुग्ने तेस्रो टिम बन्यो।

यसअघि नै फ्रान्स र बेल्जियम सेमिफाइनल पुगिसकेका छन्। थ्री लायन्सलाई २८ वर्षपछि विश्वकपको सेमिफाइनल पुर्‍याउन ह्यारी मगुइरे र डेले अलीले १-१ गोल गरे।

फ्रान्स १२ वर्षपछि, बेल्जियम ३२ वर्षपछि विश्वकपमा सेमिफाइनल पुगेको हो। अब सेमिफाइनलमा फ्रान्स र बेल्जियम भिड्नेछन्। यस्तै इंग्ल्याण्डले आयोजक रसिया र क्रोएसियाबीचको विजेतासँग सेमिफाइनल खेल्नेछ।

पहिलो पटक क्वाटरफाइनल पुगेको रसिया घरेलु मैदानमा पहिलो पटक सेमिफाइनल पुग्दै कीर्तिमान रच्ने दाउमा छ भने सन् १९९८ मा पहिलो सहभागितामै सेमिफाइनल पुगेको क्रोएसिया आयोजकलाई पारजित गर्दै सोही नतिजा दोहोर्‍याउने योजनमा छ।

नकआउट चरणमा पुगेका दक्षिण अमेरिकाका ४ तथा एसियाका १ टोली आउट भएपछि २१औँ संस्करणको विश्वकप युरोपियन राष्ट्र हुने पक्का भएको छ।

सेमिफाइनल पुगेका मध्ये फ्रान्स र इंग्ल्याण्डले एक-एक पटक विश्वकप जितिसकेका छन्। यस्तै बेल्जियम  रसिया/क्रोएसिया मध्ये कुनै टोली फाइनल पुगेमा पहिलो पटक विश्वकपको फाइनल खेल्नेछ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell