PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

आफ्नो देशका खेलाडीलाई चियर अप गर्न पुगेकी राष्ट्रपतिलाई क्रोएसियाली खेलाडी दिए जितको उपहार



पहिलोपोस्ट

आफ्नो देशका खेलाडीलाई चियर अप गर्न पुगेकी राष्ट्रपतिलाई क्रोएसियाली खेलाडी दिए जितको उपहार

रोमाञ्चक एक एकको बराबरी, अतिरिक्त समयमा पनि थप एक एक गोलले पेनाल्टी सुट आउटमा पुर्‍याएको विश्वकप आयोजक रसिया र क्रोएसियाबीचको खेलमा घरेलु टोली पराजित भएको छ। पेनाल्टीमा ४-३ गोल अन्तरमा क्रोएसियाले सेमिफाइनल यात्रा तय गर्दै आयोजक मुलुक रसियाको विश्वकप यात्रालाई पूर्णविराम लगाइदिएको छ।

खेलको ३१ मिनेटमा रसियाका डेनिस चेरेसेभले गोल गर्दै अग्रता दिलाएका थिए। क्रोएसियाका आन्द्रेज क्रामारिकले ३९ मिनेटमा गोल फर्काउँदै बराबरीमा ल्याए। दोस्रो हाफमा दुवै गोल गर्न असफल भए। त्यसपछि खेल अतिरिक्त समयमा गयो। खेलको १०० मिनेटमा क्रोएसियका डेमोगेज भिदाले गोल गर्दा रसियालाई दवाव दिन सफल भयो। प्रत्युत्तरमा फेरि १ सय १५ मिनेट जाँदा रसियाले गोल फर्काउन सक्यो। आक्रमक रुपमा उत्रिएको रसियाका मारियो फर्नान्डेजले गोल फर्काउँदै खेललाई फेरि बराबरीमा पुर्‍याए।

घरेलु दर्शकको चापले रसियालाई साथ दिए पनि बल पोसेसनमा भने क्रोएसियाले बढी समय होल्ड गरेको थियो। ६५ प्रतिशत क्रोएसियाको कब्जामा रह्यो बल। पेनाल्टी सुट आउटमा पहिलो प्रहरमै रसियाले गोल गर्न सकेन। दोस्रो बलमा क्रोएसिया पनि गोल गर्न असफल हुँदा खेल रोमाञ्चक बन्न पुगेको थियो। रसियाको एक बल गोलपोस्टभन्दा बाहिर जाँदा क्रोएसियाले जित सुनिश्चित गर्‍यो।

प्रतियोगिता हेर्न क्रोएसियाका राष्ट्रपति कोलिन्दा ग्रावर कितरोभिक उपस्थित थिइन्। क्रोएसियाको पहिलो महिला राष्ट्रपति भिआइपी क्षेत्र नाघेर दर्शकसँगै टिमलाई सपोर्ट गर्न पुगेकी थिइन्। क्रोएसियाका खेलाडीले उनको रसिया यात्रालाई भब्य र सुखद बनाए। अब क्रोएसियाले इङ्ल्यान्डसँग सेमिफाइनलमा खेल्नेछ। 

पढ्नुस:

घरेलु मैदानमा पेनाल्टीबाट रसियाको यात्रा समाप्त, सेमिफाइनलमा इंग्ल्यान्डसित क्रोएसिया



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell