PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

सेमिफाइनल समिकरण पूरा : फ्रान्स vs बेल्जियम, इंग्ल्याण्ड vs क्रोएसिया, बेल्जियम र क्रोएसिया पहिलो पटक फाइनल पुग्लान?



पहिलोपोस्ट

सेमिफाइनल समिकरण पूरा : फ्रान्स vs बेल्जियम, इंग्ल्याण्ड vs क्रोएसिया, बेल्जियम र क्रोएसिया पहिलो पटक फाइनल पुग्लान?

रसियामा भइरहेको फिफा विश्वकप २०१८ मा सेमिफाइनल समिकरण पूरा भएको छ। अन्तिम क्वाटरफाइनलमा शनिवार क्रोएसियाले आयोजक रसियालाई पेनाल्टी सुटआउटमा पराजित गरेपछि सेमिफाइनल खेल्ने चार वटै टोलीको टुङ्गो लागेको छ।

त्यसअघि शनिवार समारा एरेनामा भएको खेलमा स्वीडेलाई २-० ले पराजित गर्दै इंग्ल्याण्ड सेमिफाइनल पुग्ने तेस्रो टिम बनेको थियो।

अब क्रोएसिया र इंग्ल्याण्डले फाइनल प्रवेशका लागि सेमिफाइनल खेल्नेछ। यसअघि नै फ्रान्स र बेल्जियम सेमिफाइनल पुगिसकेका छन्।

फ्रान्स १२ वर्षपछि, बेल्जियम ३२ वर्षपछि, इंग्ल्याण्ड २८ वर्षपछि तथा क्रोएसिया २० वर्षपछि सेमिफाइनलमा पुगेको हो।

चार वर्षअघि ब्राजिल विश्वकपमा सेमिफाइनल खेलेका चार वटै टिम यस पटक सेमिफाइनल भन्दा अगाडी नै आउट भए।

अब पहिलो सेमिफाइनलमा फ्रान्स र बेल्जियम भिड्नेछन्। यस्तै इंग्ल्याण्डल र क्रोएसियाबीचको दोस्रो सेमिफाइनल हुनेछ।

नकआउट चरणमा पुगेका दक्षिण अमेरिकाका ४ तथा एसियाका १ टोली आउट भएपछि २१औँ संस्करणको विश्वकप युरोपियन राष्ट्रले जित्ने यसअघि नै पक्का भएको छ।

सेमिफाइनल पुगेका मध्ये फ्रान्स र इंग्ल्याण्डले एक-एक पटक विश्वकप जितिसकेका छन्। यस्तै बेल्जियम र क्रोएसियामध्ये कुनै टोली फाइनल पुगेमा पहिलो पटक विश्वकपको फाइनल खेल्नेछ। 

 बेल्जियम र क्रोएसिया दुवै दोस्रो पटक सेमिफाइनल पुगेका हुन् र पहिलो पटक फाइनल पुग्दै इतिहास रच्ने दाउमा छन्।

 

सेमिफाइनल खेल

असार २६ गते : फ्रान्स भर्सेस बेल्जियम – राती ११:४५ बजे

असार २७ गते : इंग्ल्याण्ड भर्सेस क्रोएसिया – राती ११:४५ बजे

फाइनल
असार ३१ गते :
सेमिफाइनल १ को विजेता vs सेमिफाइनल २ को विजेता - ८:४५ बजे



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell