PahiloPost

Aug 15, 2026 | ३० साउन २०८३

सर्वोच्च अदालत बार एसोसियसनको अध्यक्षमा अधिकारी निर्वाचित



पहिलोपोस्ट

सर्वोच्च अदालत बार एसोसियसनको अध्यक्षमा अधिकारी निर्वाचित

काठमाडौँः सर्वोच्च अदालत बार एसोसियसनको अध्यक्षमा वरिष्ठ अधिवक्ता खगेन्द्रप्रसाद अधिकारी निर्वाचित भएका छन्।

शनिबार साँझ सम्पन्न मतपरिणाम अनुसार अधिकारीले ३०३ मत ल्याई निर्वाचित भएका हुन्। उहाँका निकटतम् प्रतिस्पर्धी दामोदर खड्काले २४३ मत प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृत नारायणप्रसाद प्रसाईंले जानकारी दिए।

यस्तै उपाध्यक्षमा राजु खड्का, सचिव शुभनराज आचार्य, सहसचिव पूर्णिमा रिमाल गुरागाईं र कोषाध्यक्ष सरोजकृष्ण घिमिरे निर्वाचित भएका छन्।

यस्तै महिला सदस्यमा किरणकुमारी गुप्ता, सदस्यमा राजु आचार्य, राजाराम उपाध्यय, पुष्पराज पौडेल, दीपेन्द्रकुमार राई, रमेश महर्जन, भुवनप्रसाद काफ्ले, कल्याण पोखरेल र सन्तोषकुमार महतो निर्वाचित भएका हुन्। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell