PahiloPost

Jun 19, 2026 | ५ असार २०८३

‘राष्ट्रियसभामा आज ११ मन्त्रीले जवाफ दिने’



पहिलोपोस्ट

‘राष्ट्रियसभामा आज ११ मन्त्रीले जवाफ दिने’

काठमाडौँः आर्थिक वर्ष २०७५/०७६ को वार्षिक बजेटको विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाफ दिने क्रम राष्ट्रियसभामा आजदेखि सुरु हुँदैछ। ११ विभागीय मन्त्रीहरुले आज मन्त्रालयगत शीर्षकमा भएको छलफलको जवाफ दिनेछन्। विनियोजन विधेयक प्रतिनिधिसभाले पारित गरेर जानकारीका लागि राष्ट्रियसभामा पठाएको हो। 

जवाफ अन्तर्गत आज सञ्चार तथा सूचना प्रविधि, स्वास्थ्य तथा जनसंख्या, कृषि भूमि व्यवस्था तथा सहकारी, उद्योग वाणिज्य तथा आपूर्ति, कानुन न्याय तथा संसदीय मामिला, युवा तथा खेलकुद, संघीय मामिला तथा सामान्य प्रशासन, गृह, संस्कृति पर्यटन तथा नागरिक उड्डयन, वन तथा वातावरण र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीले जवाफ दिने कार्यसूची तय भएको छ।

११ वटै मन्त्रालयको छलफल असार २० गते भएको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell