PahiloPost

May 15, 2026 | १ जेठ २०८३

मोटरसाइकलको पेट्रोल ट्याङ्कीमा लुकाइएको आठ लाख भारतीय नोटसहित एकजना पक्राउ



पहिलोपोस्ट

मोटरसाइकलको पेट्रोल ट्याङ्कीमा लुकाइएको आठ लाख भारतीय नोटसहित एकजना पक्राउ

काठमाडौँ प्रहरीले  स्रोत नखुलेको भारतीय रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। आठ लाख एक हजार दुई सय भारतीय रुपैयाँसहित वीरगंजबाट भारतीय नागरिक अभिजित कुमार सर्राफ पक्राउ परेका हुन्।

शनिबार विहान चेकिङको क्रममा पर्साको रजतजयन्ती चोकमा भारत रक्सौलबाट वीरगंज आउँदै गरेका २८ वर्षीय सर्राफलाई प्रहरीले नियन्त्रणमा लिएको हो। उनको साथबाट प्रहरीले अबैध भारतीय रुपैयाँ ५ सय दरका १४३८ थान, गरी दुई हजार दरको ११ थान दुई सय दरका ३०१ थान गरी करिव ४० लाख रुपैयाँ भारतिय रकम बरामद गरेको प्रहरीले जनाएको छ।

सर्राफले चलाएको भारतीय नम्बर प्लेटको पल्सर मोटरसाइकलमाको तेल ट्याङकीको आधा भागमा पेट्रोल र अर्को भागमा अवैध भारतीय रुपैयाँ ल्याएका थिए।

घटना अनुसन्धान तथा कारबाहीको लागि प्रहरीले राजस्व अनुसन्धान विभाग ललितपुरमा पठाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell