PahiloPost

Jun 19, 2026 | ५ असार २०८३

पत्रकार सविनको स्मृतिमा चलचित्र पत्रकारिता पुरस्कार



पहिलोपोस्ट

पत्रकार सविनको स्मृतिमा चलचित्र पत्रकारिता पुरस्कार

काठमाडौं :  'सविन शाक्य चलचित्र पत्रकारिता पुरस्कार'को घोषणा  भएको छ। प्रविशा प्रकाशनबाट प्रकाशन हुँदै आएको फिल्मीखवर साप्ताहिकले पत्रकार सविनको स्मृतिमा यो पुरस्कार स्थापना गरेको हो।

सविनले करिव २५ वर्ष चलचित्र पत्रकारिता गरेका छन् भने फिल्मीखवर साप्ताहिकमा नियमित रुपले संलग्न भई काम गरेका थिए। गत वर्ष असार २३ गते शाक्यको निधन भएको थियो।

शाक्यको निधन भएको वार्षिकी तथा प्रथम स्मृति दिवसका अवसरमा सम्झना तथा सम्मान स्वरुप पुरस्कारको घोषणा गरिएको फिल्मीखवरका सम्पादक शान्तिप्रियले बताएका छन्। सविन शाक्य चलचित्र पत्रकारिता पुरस्कारको राशी १० हजार  ९ रुपैया दश हजार सहित प्रमाणपत्र रहेकोछ।हरेक वर्ष रंग पत्रकारितामा संलग्न एक पत्रकारहरुलाई यो पुरस्कार प्रदान गरिने प्रियले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell