PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

हुन्डीमा व्यापारी: एक करोड रुपैयाँसहित एकजना नियन्त्रणमा



राधेश्याम पटेल

हुन्डीमा व्यापारी: एक करोड रुपैयाँसहित एकजना नियन्त्रणमा

वीरगंज: प्रहरीले ठूलो परिमाणमा हुन्डीको रकमसहित एक जनालाई पक्राउ गरेको छ। पर्सा प्रहरीले १ करोडभन्दा बढी रुपैयाँसहित वीरगंजका व्यापारी राहुल केसरीलाई पक्राउ गरेको हो। 

आज बिहान केसरीको वीरगंज १२ स्थित रानीघाटमा रहेको पसलमा छापा मार्दा १ करोडभन्दा बढी रुपैयाँसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका एसपी रेवती ढकालले बताए। एसपी ढकालले भने, ' केही समय अगाडिमात्र नियन्त्रणमा लिएका हौं। थप अनुसन्धान भइरहेको छ।'

प्रहरीले अन्य व्यक्तिलाई समेत नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ। नेपाल बाहेक भारत, चीन, अस्ट्रेलिया, दुबईलगायत देशहरूमा हुन्डीको कारोबार हुदै आएको छ। १ लाख रुपैयाँको हुण्डी गरेबापत सेवाग्राहीबाट २ हजार रुपैयाँ लिन गरेको पाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell