PahiloPost

May 15, 2026 | १ जेठ २०८३

मिथुन चक्रवर्तीको छोराको विवाहमण्डपमै पुग्यो प्रहरी, बेहुली पक्षले होटल छाड्दा विवाह रद्द



पहिलोपोस्ट

मिथुन चक्रवर्तीको छोराको विवाहमण्डपमै पुग्यो प्रहरी, बेहुली पक्षले होटल छाड्दा विवाह रद्द

बलिउड कलाकार मिथुन चक्रवर्तीका छोरा महाक्षय विवाह रोकिएको छ। केही समयअघि महाक्षयमाथि बलात्कारको आरोप लागेको थियो। ७ जुलाईमा हुने भनिएको विवाह मण्डपमै अनुसन्धानका लागी प्रहरी पुगेपछि विवाह रोकिएको हो।

महाक्षयका आमा योगीता र महाक्षयलाई दिल्ली अदालतले जमानत  दिए पनि पुलिस अनुसन्धानका लागि विवाह भइइरहेको होटलमा पुगेका थिए। अनुसन्धानकर्ता त्याहाँ पुगेपछि बेहुली पक्षले होटल छोडेर गएको प्रहरीले बताएको छ।

 भारतीय मिडियाका अनुसार यस प्रकरणमा अन्य अनुसन्धान जारी छ। पीडितले कलाकार मिथुनका पत्नी र छोरामाथि एफआइआर दर्ता गरेको थियो।  पक्राउ पर्नुभन्दा अगाडि योगीता र महाक्षयले जमानतको निवेदन दिएका थिए।

तर मुम्बई उच्च अदालतले जमानत अपिल खारेज गरेको थियो। पीडितले आफू गर्भवती भइसकेपछि महाक्षय र आमाले ‌गर्भ तुहिने औषधी खवाएका बताएकी छिन्। उनले योगीताले आफुलाई धम्काउने गरेको कुरा पनि उजुरी गरेकी छिन्।  

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell