PahiloPost

Jun 19, 2026 | ५ असार २०८३

प्रदर्शनका लागी तयार 'बाँध मायाले'



पहिलोपोस्ट

प्रदर्शनका लागी तयार 'बाँध मायाले'

काठमाडौं : फिल्म 'बाँध मायाले'को पोस्ट प्रडक्सनको काम सकिएको छ। फिल्मको मिक्सिङको काम अन्तिम चरणमा पुगेको छ।

निर्माता, निर्देशक सवीर श्रेष्ठले फिल्म अब प्रदर्शनको लागी तयार भएको जानकारी दिएका छन्। निर्देशक सवीर कै लेखनमा बनेको फिल्म आउँदो असोज ५ मा प्रदर्शन हुनेछ।

फिल्ममा अभिनेता आर्यन अधिकारी र अभिनेत्री सृष्टि श्रेष्ठको मुख्य अभिनय रहेको छ। काईट्स इन्टरटेनमेन्टको ब्यानारमा बनेको फिल्मको विदेश प्रदर्शन पनि तय भएको छ। फिल्म साउन १८ देखी २० गतेसम्म अष्ट्रेलियाको सिड्नीमा प्रदर्शन हुनेछ।  

यस फिल्ममा रामहरी धिताल र विभेषिका श्रेष्ठले सविरसँग सहकार्य गरेका छन्। महेन्द्र अधिकारी र केदार धिताल फिल्मका सह-निर्माताहरु हुन्। आर्यन र सृष्टिसँगै फिल्ममा राजाराम पौडेल, विशाल चाम्लिङ र रविन होड सेन लगायतको अभिनय छ।

फिल्ममा बाबु श्रेष्ठको छायाँकन, अर्जुन पोखरेलको संगीत, रोशन श्रेष्ठको द्वन्, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell