PahiloPost

Jun 19, 2026 | ५ असार २०८३

फ्रान्सका गोलकिपर ह्युगो लोरिस भने, हामी विश्वकप जित्ने फेभरेट टोली होइनौँ



पहिलोपोस्ट

फ्रान्सका गोलकिपर ह्युगो लोरिस भने, हामी विश्वकप जित्ने फेभरेट टोली होइनौँ

रसियामा जारी विश्वकप अन्तर्गत पहिलो सेमिफाइनल खेलमा मंगलबार फ्रान्स र बेल्जिया भिड्दैछन्। रसिया विश्वकपमा बाँकी रहेका टोलीहरु मध्ये फ्रान्स मात्र यस्तो टोली हो जो ५० वर्षयता भएका विश्वकपहरुमध्ये फाइनलसम्म पुगेको छ र विश्वकप उपाधी जित्न सफल भएको छ। फ्रान्सले सन् १९९८ मा विश्व विजेता बनेको थियो।

फ्रान्सका कप्तान हुगो लोरिसले फ्रान्स विश्वकप जित्ने मनपर्ने टोलीहरुमा नपर्ने बताएका छन्।

बेल्जियमले ब्राजिललार्इ पराजित गर्नुभन्दा अघि बोल्दै लोरिसले भनेका थिए 'मलार्इ त्यस्तो लाग्दैन। ब्राजिल जस्तो इतिहास र प्रतिभा बोकेको टोली सबैभन्दा मनपर्ने टोली हुनुपर्ने, यदी बेल्जियमले उनीहरुलार्इ पराजित गर्छ भने उनीहरुलाई विश्वकपको फेभरेट टोली बनाएको छ।

फ्रान्सले उरुग्वेलार्इ पराजित गरि सेमिफाइनलमा पुगेको हो। तर त्यो खेलमा फ्रान्सले अपेक्षा गरिए अनुसार खेल्न सकेको थिएन। २० वर्ष अगाडी विश्वकप जित्दा खेलाडी रहेका डिडियर डेसच्याम्पसको प्रशिक्षणमा रहेको फ्रान्सेली टोलीसँग युरोको अनुभव पनि छ। साथै उनीहरु धेरै क्षेत्रमा उत्कृष्ट र खेलमा उनीहरुको गति पनि एकदकै राम्रो छ।

लोरिसले भने 'सेमिफाइनल जित्नका लागि हामी उरुग्वेसँग खेलेको खेल भन्दा राम्रो खेल्नु पर्छ। हाम्रो विपक्षमा बेल्जियम जस्तो उत्कृष्ट खेलाडी रहेको टोली रहेको छ। खेल धेरै धेरै प्रतिस्पर्धात्मक हुनेछ र मलार्इ आशा छ कि हामी त्यसमा लागि तयार छौं।'

यस्तै टोटाह्यामबाट फुटबल खेल्दै आएका लोरिस बेल्जियमसँग प्रतिस्पर्धामा उत्रँदा उनको भेट सोही क्ल्बबाट खेल्ने जान भर्टनगेन, टोबी अल्डरविरेल्ड र माउसा डेम्बेलेसँग हुनेछ।

लोरिस भन्छन् 'यो त क्ल्बको लागि एकदमै राम्रो हो। यो एउटा राम्रो अनुभव हो र क्ल्बको भविष्यका लागि पनि राम्रो हो। आशा छ कि टोटनह्यामकै खेलाडी विश्वकप विजेता हुनेछ। त्यो मेरो इच्छाको विष्य हो, हेर्दै जाउ, अझै दुर्इ खेल बाँकी छन्।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell