
काठमाडौं : फिल्म 'भैरे' प्रदर्शनको तयारीमा छ। फिल्म आगामी साउन ४ बाट प्रदर्शनमा आउनेछ। अभिनेता दया हाङ राई, वर्षा सिवाकोटी, सुरक्षा पन्त फिल्मका मुख्य कलाकारहरु हुन्।
अभिनेता दया हाङले फिल्मको स्क्रिप्ट राम्रो रहेको बताए। उनले फिल्मको कथाले आफुलाई तानेको बताएका छन्। उनले भने 'भैरे सोसल ड्रामा हो। पहिलादेखि जसरी फिल्महरु बनिरहेका थिए त्यसैको एक अवधारण हो। यो कुनै ठाउँ विशेषको कथा हो भन्ने छैन। नेपालभरीको एक प्रतिनिधि गाउँमा सुटिङ गरिएको छ, जुन मुस्ताङ र अपरमुस्ताङमा खिचिएको छ।'
एभरेष्ट सर्य बोहोरा निर्देशित फिल्मलाई प्रेम प्रसाद पौडेल र देवीमाया अधिकारीले निर्माण गरेका हुन्। नेपालय सिनेमा ईन्टरनेशनलको ब्यानरमा बनेको फिल्ममा बनिष शाहको सम्पादन, पुरुषोत्तम प्रधानको छायाँकन सूर्य थोकरको द्वन्द्व रहेको छ।
फिल्ममा दया, वर्षा र सुरक्षासँगै बुद्धि तामाङ, विक्रान्त बस्नेत, सुनिल थापा, अनुभव रेग्मी, कञ्चन ठकुरी, अंकित पौडेल, जान्वी बोहरा लगायतको अभिनय छ।