PahiloPost

Sep 11, 2025 | २६ भदौ २०८२

खेलकुदको विकासका लागि टोपबहादुरका तीन सुत्र



पहिलोपोस्ट

खेलकुदको विकासका लागि टोपबहादुरका तीन सुत्र

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का स्थायी समिति सदस्य टोपबहादुर रायमाझीले देशको विकासका लागि खेलकुद क्षेत्रको विकास अनिवार्य रहेको बताएका छन्।

ने क पा सम्बद्ध खेलकुद महासंघहरुको एकता संयोजन कार्यदलले आयोजना गरेको खेलकुदको विकास लागि नयाँ नीति विषयक कार्यक्रममा बोल्दै तत्कालिन माओवादी केन्द्रको भातृ संगठन अखिल नेपाल खेलकुद महासंघका ईञ्चार्जसमेत रहेका उनले खेल क्षेत्रको विकासका लागि तीन सुत्र सार्वजनिक गरे।

‘देशको विकासका लागि खेलकुद क्षेत्रको महत्त्वपूर्ण भूमिका हुन्छ,’ उनले भने, ‘खेलकुद क्षेत्रको विकासका लागि तीन वटा कुरामा ध्यान दिनुपर्छ।’

उनले खेलकुदको क्षेत्रमा पर्याप्त मात्रामा बजेटको विनियोजन हुनुपर्ने बताए। ‘खेलकुद क्षेत्रमा बजेट कम छ। पर्याप्त मात्रामा बजेटको विनियोजन हुनुपर्छ,’ नेता रायमाझीले भने, ‘खेलकुदका सबै विषयगत संघहरुको विकासका लागि पर्याप्त मात्रामा बजेट दिनुपर्छ। जिल्ला देखि स्थानीय तह सम्मको खेल क्षेत्रमा बजेट विनियोजन हुनुपर्छ।’

उनले खेलकुदको विकासका लागि अर्को सुत्रको रुपमा पूर्वाधार विकास हुनुपर्ने बताए। ‘हामीले पूर्वाधार विकासमा समेत ध्यान दिनुपर्छ। केन्द्रदेखि स्थानीय तहसम्म खेल मैदान र कभर्ड हल बनाउनुपर्छ,’ उनले भने, ‘हेरक विद्यालयमा खेलमैदान तथा मिनि खेलमैदान बनाउनुपर्छ।’

नेता रायमाझीले सुझाएको खेल विकासको तेस्रो सुत्र भनेको खेलाडीहरुको व्यवस्थापन हो।

‘यस क्षेत्रमा लागेर खेलाडीहरुले देशको इज्जत मात्र राख्ने होइन आफ्नो भविष्य देख्न सक्नु पर्‍यो,’ उनले भने, ‘खेल खेलाडीहरुको व्यवस्थापनका लागिसमेत राज्यले ध्यान दिनुपर्‍यो। खेल खेलेर खेलाडीहरुले आफ्नो जीविको चलाउन सक्ने वातावारण बनाउनुपर्छ।’

नेता रायमाझीले खेलाडीहरुको व्यवस्थापनका लागि राज्यले ध्यान दिनुपर्ने भन्दै त्यसका लागि प्रयाप्त बजेट विनियोजन गर्नुपर्छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell