PahiloPost

Sep 11, 2025 | २६ भदौ २०८२

उपकुलपति कोइरालाले विदेश भ्रमणको अनुमति लिएका छैनन्ः शिक्षा मन्त्रालय



पहिलोपोस्ट

उपकुलपति कोइरालाले विदेश भ्रमणको अनुमति लिएका छैनन्ः शिक्षा मन्त्रालय

काठमाडौँः सरकारले नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइरालाले विदेश भ्रमणका लागि कुनै पनि अनुमति नलिएका कारण यात्रा रद्द भएको जनाएको छ। कोइरालाको भ्रमण रद्दबारे आलोचना भएपछि शिक्षा मन्त्रालयले विज्ञप्ति जारी गर्दै मन्त्रालयले भ्रमणबारे जानकारी नपाएको स्पष्ट पारेको छ।

यस्तै, भिसा सिफारिसका सम्बन्धमा विश्वविद्यालयले कुनै पनि अनुरोध नगरेको र मन्त्रालयले सिफारिस समेत नगरेको पनि विज्ञप्तिमा उल्लेख छ।   

विज्ञप्तिमा भनिएको छ ‘सार्वजनिक पद धारण गरेका व्यक्तिले सम्बन्धित निकायबाट अनुमति लिनु पर्ने प्रावधान भएता पनि प्रा.डा. कुलप्रसाद कोइरालाले नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपछिका हैसियतले उपकुलपति वा सहकुलपति वा यस मन्त्रालयबाट कुनै पनि प्रकारको अनुमति लिनुभएको छैन। यस अलावा निजको भिसा सिफारिसका निम्ति सम्बन्धित विश्वविद्यालयबाट यस मन्त्रालयको कुनै पनि प्रकारको अनुरोध गरेको देखिएन र यस मन्त्रालयले तत्सम्बन्धमा कुनै सिफारिस गरेको पनि छैन।’

कोइरालाले भने अनुमति  लिएको दाबी गर्दै आएका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell