
काठमाडौं : नेपाली युवा खेलाडी सन्दीप लामिछानेले क्यानडामा भइरहेको ग्लोबल टी-२० क्यानडा लिग क्रिकेट अन्तर्गत अन्तिम लिग खेलमा २ विकेट लिएका छन्।
तर जर्ज वर्कर र अनरिकेको अर्धशतक तथा लासिथ मालिंगा र पिटर सिडलले ३-३ विकेट लिएपछि मोन्ट्रेल टाइगर्स हारबाट जोगिन सकेन।
गएराति भएको खेलमा डारेन सामीको कप्तानीमा रहेको टोरोन्टो नेशनल्सले मोन्ट्रेल टाइगर्सलाई १ विकेटले हराएको हो।
टोरोन्टोलाई जितका लागि अन्तिम बलमा २ रन चाहिएको थियो र मोन्ट्रेलका सिडलको बलमा केसरिक विलियम्सले चौका प्रहार गर्दै १ विकेटको जित दिलाएका हुन्।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मोन्ट्रेलले २० ओभरमा ४ विकेट गुमाएर १७६ रन बनाएको थियो। उसका लागि जर्ज वर्करले सर्वाधिक ६२ तथा अनरिकले ५० रन बनाए। बलिङमा टोरोन्टोका मोहम्मद शामीले ३ विकेट लिए।
१७७ रनको लक्ष्य टोरोन्टोले अन्तिम बलमा ९ विकेट गुमाएर पूरा गर्यो। उसका लागि नितिश कुमारले सर्वाधिक ४६ रन बनाए भने एन्टोन डेभिचले ४३ तथा किरण पोलार्डले ३७ रन योगदान गरे।
बलिङमा मालिंगाले ४ ओभरमा ११ रन मात्र खर्चेर ३ विकेट लिए। पिटर सिडलले ४ ओरमा ४५ रन खर्चेर ३ विकेट लिए। सन्दीपले ४ ओभरमा ३५ रन खर्चेर २ विकेट लिए।
लिग चरणमा चौथो हारपछि मोन्ट्रेल ५ खेलबाट २ अंक मात्र जोड्दै ६ टोली सम्मिलित प्रतियवगितामा अन्तिम स्थानमा रह्यो।