PahiloPost

Jan 16, 2026 | ३ माघ २०८२

बजेटमाथि मन्त्रीले आज पनि जवाफ दिने



पहिलोपोस्ट

बजेटमाथि मन्त्रीले आज पनि जवाफ दिने

काठमाडौँः आर्थिक वर्ष २०७५/०७६ को वार्षिक बजेटको विनियोजन शीर्षकमा सांसद्हरुले उठाएका प्रश्नमा आज पनि मन्त्रीहरूले जवाफ दिँदै छन्। राष्ट्रियसभामा मन्त्रालयगत शीर्षकमा छलफलका क्रममा सांसद्हरुले उठाएका प्रश्नमा विभागीय मन्त्रीहरूले जवाफ दिने क्रम आइतबारदेखि सुरु भएको हो।

आइतबार ११ विभागीय मन्त्रीहरूले जवाफ दिएका थिए।

सोमबार प्रधानमन्त्री कार्यालय र मातहतका निकायसहितका १० मन्त्रालयका विभागीय मन्त्रीहरूले जवाफ दिनेछन्। 
आज श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, खानेपानी, अर्थ, सहरी विकास, ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा विभागीय मन्त्रीहरूले जवाफ दिनेछन्। 

यस्तै, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, रक्षा, परराष्ट्र, भौतिक पूर्वाधार र प्रधानमन्त्री कार्यालय तथा मातहतका निकायको बजेटबारे विभागीय मन्त्रीहरूले जवाफ दिनेछन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell