PahiloPost

Jun 19, 2026 | ५ असार २०८३

बजेट नपाएको भन्दै राजपा संयोजक ठाकुरकै जिल्ला अध्यक्षले दिए राजीनामा



पहिलोपोस्ट

बजेट नपाएको भन्दै राजपा संयोजक ठाकुरकै जिल्ला अध्यक्षले दिए राजीनामा

मलंगवाः राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको संयोजकसहित अध्यक्ष मण्डलका तीन जना सदस्य रहेको सर्लाहीका जिल्ला अध्यक्षले राजीनामा दिएका छन्।

जिल्लाका अध्यक्ष मण्डलका संयोजक नागेश्वर साहले सोमबार जिल्ला अध्यक्ष पदबाट राजीनामा दिएका हुन्।

पार्टीको गतिविधि न्यून भएको, केन्द्रीय नेता तथा विधायकहरूले वास्ता नगरेको भन्दै उनले राजीनामा दिएका हुन्। 

यस आर्थिक वर्षमा उनले केन्द्रीय सांसद तथा प्रदेशका सांसदहरूसँग माग गरेको कुनै पनि योजना नपरेपछि राजीनामा गरेका राजपा स्रोतले बताएको छ। 

केन्द्रीय सांसद तथा प्रदेश सांसदहरूले आफुखुशी काम गरेको र पार्टी नेता कार्यकर्तालाई कुनै भूमिका नदिइएको साहको आरोप छ। अध्यक्ष साह राजपा गठन हुनुअघि राजेन्द्र महतो नेतृत्वको सद्भावनाका नेता हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell