काठमाडौं : फिल्म 'मिस्टर भर्जिन'को टिजर सार्वजनिक भएको छ। टिजरमा फिल्मका मुख्य कलाकार गौरव पहारी, विजय बराल, कमलमणि नेपाल, मरिस्का पोख्रेल फचर्ड छन्।
निर्माण टिमले फिल्मको प्रदर्शन मिति नजिकिंदै जाँदा फिल्म प्रचार सामाग्री सार्वजनिक गर्न थालेको हो। फिल्म भाद्र १ गतेदेखी प्रदर्शनमा आउनेछ। फिल्ममा गौरव, विजय, कमलमणि र मरिस्कासँगै भोलाराज सापकोटा, रविन्द्र झा, सिर्जना सुब्बा लगायतको अभिनय छ।
तीन युवाको यौन मनोविज्ञानको कथामा फिल्म बनेको छ। वोर्ल्ड वाइड फिल्म्स डिस्ट्रिव्यूसन प्रा.लीको ब्यानरमा निर्माण भएको फिल्मलाई बिशारद बस्नेतले निर्देशन गरेका हुन्। फिल्ममा महेश दवाडीको कथा, रामेश्वर कार्कीको छायाँकन, विक्रम स्वाँर, दीपक याम सिंहको कोरियोग्राफी, सुरज पण्डित, श्रीकृष्ण बम मल्ल, बुलेट फ्लो, आधा सुर, आर जे, मिस्टर प्रिन्सको संगीत रहेको छ।
खिलेन्द्र तिमल्सिना, प्रजापति सिवाकोटी, मुकेश रेग्मी र बिशारद फिल्मका निर्माताहरु हुन्।