PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

राउटे : गुराँस गाउँपालिकाको स्थायी नागरिक बन्दै, शिक्षा र स्वास्थ्यका लागि दुई कर्मचारी नियुक्त



पी बी खड्का

राउटे : गुराँस गाउँपालिकाको स्थायी नागरिक बन्दै, शिक्षा र स्वास्थ्यका लागि दुई कर्मचारी नियुक्त

सुर्खेत: दैलेखको एक गाउँपालिका घुमन्ते राउटे जातिलाई स्थायी नागरिक बनाउने कसरतमा लागेको छ। कर्णालीका विभिन्न जिल्लाहरुमा बस्दै आएका राउटे समुदायलाई दैलेख गुराँस गाउँपालिकाका स्थायी नागरिक बनाउने भएको छ। 

स्थायी बसोवास नगर्ने राउटेलाई सेवा सुविधा सहित स्थायी नागरिक बनाउन लागेको हो। फिरन्ते जीवन विताउँदै आएका राउटेलाई गुराँस गाउँपालिकाको स्थायी ठेगाना हुने गरी परिचयपत्र दिईने लागेको गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज वलीले जानकारी दिए। 

केहि दिन अघि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले उनिहरुको नाम थर खुल्नेगरी परिचयपत्र वितरण गर्न परिपत्र गरे अनुसार अव उक्त गाउँपालिका कायम हुने अध्यक्ष वलीले बताए।
 
राउटेको रेखदेखका लागि गाउँपालिकाले दुईजना कर्मचारी समेत राखिसेकको बताए। अब यसै चालु आर्थिक वर्षबाट उनीहरुको स्वास्थ्य तथा शिक्षाको शुरुवात गरिने बताए। 
एक जना स्वास्थ्यकर्मी हेल्थ असिस्टेन्ट सरहका कर्मचारीले स्वास्थ्य हेरचाह गर्ने अध्यक्ष वलीले जनाए। शिक्षा हेर्नका लागि एकजना शिक्षक राखिएको छ। ‘गाउँपालिकाले कर्मचारी नियुक्त गरिसकेको छ।’ उनले भने,‘अब राउटेको स्वास्थ्य र शिक्षाको रेखदेख गर्न दुईजना कर्मचारी लाग्छन्।’

राउटेलाई प्रदान गर्ने परिचयपत्र छपाईको काम भइसकेको भन्दै अबको केही दिनमा नाम थर र ठेगाना गुराँस गाउँपालिका भएको परिचयपत्र वितरण गर्ने तयारी गरिएको अध्यक्ष वलीले बताए।

त्यसैगरी, राउटे समुदायका नागरिक सरकारले गरेको सुरक्षा र संरक्षणप्रति खुशी भएका छन्। राउटेका मुखिया सुर्यनारायण शाहीले आफुहरुलाई भत्ता लिने समयमा एकै स्थानबाट पाउन सजिलो हुने बताए। 

‘भत्ता पाउन कुनै एक ठाउँ थिएन, भत्ता पाउनका लागि पनि भनसुन नै गुर्नपर्थ्यो।’ उनले भने, ‘अव भत्ता समयमै र एकै ठाउँ आउने भएपछि सजिलो हुन्छ।’ 
हाल राउटे गुराँस गाउँपालिकाको वडा नम्बर ८ को गर्चे खोलामा बस्दै आएका छन्। उनीहरुको लागि संघीय सरकारले राउटेको स्तरोन्नतिका लागि १ करोड २७ लाख रकम गाउँपालिकाको खातामा पठाईसकेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell