PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

इंग्ल्यान्डसँग खेल्नुअघि क्रोएसियाली प्रशिक्षकले भने : हामीले मेसीलार्इ रोक्यौं, केनलार्इ रोक्नेमा आशावादी छौं



पहिलोपोस्ट

इंग्ल्यान्डसँग खेल्नुअघि क्रोएसियाली प्रशिक्षकले भने : हामीले मेसीलार्इ रोक्यौं, केनलार्इ रोक्नेमा आशावादी छौं


आयोजक रसियालार्इ पेनाल्टी सुटआउटमा पराजित गर्दै २० वर्षपछि विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको क्रोएसिया फाइनलमा पुग्दै नयाँ इतिहास बनाउने होडमा रहेको छ।

सेमिफाइनलमा क्रोएसियाले सन् १९६६ को विश्व विजेता इंग्ल्यान्डको सामना गर्दैछ। स्विडेनलार्इ पराजित गर्दै इंग्ल्यान्ड पनि २८ वर्षपछि विश्वकप सेमिफाइनलमा पुगेको हो। यी दुवै टोलीहरुको भिडन्त बुधवार लुजनिकी स्टेडियममा हुदैछ। दोस्रो पटक विश्वकप उपाधी जित्ने दाउमा रहेका इंग्ल्यान्डलार्इ रोक्न क्रोएसियाली टोली रणनीति बनाउदैंछ।

क्रोएसियाका प्रशिक्षक ज्लाट्को डालिकले आफ्नो टोली इंग्ल्यान्डसँग नडराउने र ह्यारी केनलार्इ रोक्न सक्षम रहेको बताएका छन्। आफूहरुको लक्ष्य फाइनलसम्म पुग्ने रहेको बताउँदै डालिकले इंग्ल्यान्ड विरुद्ध आफूहरु उत्कृष्ट खेल्ने बताए।

रसियामा सर्वाधिक ६ गोलसहित गोल्डेन बुटको प्रमुख दाबेदार रहेका ह्यारी केनमाथि इंग्ल्यान्डका समर्थकहरुले धेरै आशा राखेका छन्। तर डालिक भने आफूहरुले विश्वकै उत्कृष्ट खेलाडीहरुलार्इ पराजित गरेको भन्दै केनलार्इ पनि रोक्नेमा आफूहरु विश्वस्त रहेको बताउँछन्।

'केन सर्वाधिक गोलकर्ता हुन्। उनललार्इ रोक्न सजिलो छैन। तर हामीसँग उत्कृष्ट सेन्टर ब्याक रहेका छन्। हामीले लियोनल मेसी र क्रिस्टियन एरिक्सनलार्इ रोक्यौं। केनलार्इ रोक्नेमा पनि हामी आशावादी छौं।' 

यस्तै डालिकले इंग्ल्यान्डका रहिम स्टर्लिङले सेमिफाइनलसम्म पुग्न इंग्ल्यान्डका लागि गरेको प्रदर्शनको प्रशंसा गरेका छन्।

'मलार्इ लाग्छ रहिम स्टर्लिङ एक महत्वपूर्ण खेलाडी हुन् किनभने उनको गति धेरै तिव्र रहेको छ र केनसँग उनको संयोजन निकै खतरनाक छ। तर हामी हाम्रो क्षमतामा विश्वास गर्छौं। हामी इंग्ल्यान्डसँग डराउँदैनौं।'

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell