PahiloPost

May 15, 2026 | १ जेठ २०८३

नेपाल-भारत रेल कनेक्टिभिटीको प्रोजेक्ट स्टेरिङ कमिटी बैठक सुरु



पहिलोपोस्ट

नेपाल-भारत रेल कनेक्टिभिटीको प्रोजेक्ट स्टेरिङ कमिटी बैठक सुरु
फाइल फोटो

काठमाडौं : नेपाल भारत अन्तरदेशीय रेल कनेक्टिभिटीको विषयमा छलफल गर्न काठमाडौंमा दुई देशका अधिकारीहरुबीच छलफल सुरु भएको छ।

दुई देशबीच क्रस बोर्डर रेल कनेक्टिभिटीको सम्बन्धमा छलफल गर्न बनेको प्रोजेक्ट स्टेरिङ कमिटी (बीएसी)को बैठक काठमाडौँमा सुरु भएको हो। 
बैठकमा नेपालका तर्फबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव केशव कुमार शर्मा र भारतका तर्फबाट विदेश मन्त्रालयका सहसचिव नामग्या खाम्पाको नेतृत्वको टोली सहभागी छ।
 
गत चैतमा भएको प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका क्रममा भएको रेल कनेक्टिभिटी सम्झौताको कार्यान्वयसहितका विषयमा बैठकमा छलफल भइरहेको रेल विभागका सिनियर डिभिजनल इञ्जिनियर प्रकाश उपाध्यायले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell