PahiloPost

Jun 19, 2026 | ५ असार २०८३

'तारक मेहेताका उल्टा चस्मा'का डाक्टर हाथीको निधन



पहिलोपोस्ट

 'तारक मेहेताका उल्टा चस्मा'का डाक्टर हाथीको निधन

भारतीय टिभी सिरियल 'तारक मेहेताका उल्टा चस्मा'का पात्र डाक्टर हाथी, कवि कुमार आजादको निधन भएको छ। ह्रदयघातका कारण उनको निधन भएको हो।

उनलाई घरमै ह्रदयघात भएको थियो। भारतीय मिडियाका अनुसार मुम्बइको वोकअर्ड अस्पतालमा उनको निधन भएको हो। बिहारमा जन्मिएका उनी बाल कलाकारदेखि दर्शकले रुचाएकामा पर्छन्।  

उनको निधनको खबरले टेलिभिजन इण्डष्ट्री शोकमा छ। उनी 'तारक मेहेताका उल्टा चस्मा'का बलियो पात्रमध्ये एक थिए। उनको अभिनयलाई दर्शकले निकै रुचाउँथे।

'तारक मेहेताका उल्टा चस्मा'का मेकर असित कुमार मोदीले डाक्टर हाथी आफ्नै परिवार जस्तै रहेको बताए। सरियलका टिम नै परिवार थिए उनका लागी। हाथीको निधनले उनी शोकमा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell