PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

यस्तो छ विश्वकप २०१८ को सेमिफाइनल खेल्ने चार टोलीको बलियो पक्ष



पहिलोपोस्ट

यस्तो छ विश्वकप २०१८ को सेमिफाइनल खेल्ने चार टोलीको बलियो पक्ष

विश्वकपमा आजबाट सेमिफाइनल खेलहरु शुरु हुदैछन्। चार युरोपियन देशहरु फाइनलको यात्रा तय गर्नका लागि मैदानमा भिड्दैछन्। फ्रान्स, बेल्जियम, इंग्ल्याण्ड र क्रोएसिया विश्वकप जित्दै नयाँ इतिहास रच्ने दाउमा रहेका छन्।

यी चार टिमको बलियो पक्षको बारेमा फिफाले टिम रिपोर्टरको सहयोगरमा तयार पारेको सामाग्री

 

फ्रान्स : भर्साटिलिटि

धेरै भएको छैन फ्रान्सको अहिलेको टिमलाई लिएर प्रशिक्षक डिडिएर डेसच्याम्पको आलोचना भएको थियो। केही पत्रकारहरुले डेस्च्याम्पसलार्इ फ्रान्सको हजार रुप भएको र उसको आफ्नो अस्तित्व नभएको भन्दै आलोचना गर्दथे। तर त्यही नै अहिले टोलीको एक विशेषता बनेको छ। समूह चरणका खेलहरुमा फ्रान्सले रचनात्मक खेल प्रदर्शन गर्‍यो। यस्तै अर्जन्टिनाविरुद्ध उत्कृष्ट खेलेको फ्रान्सले उरुग्वेका विरुद्ध कडा र प्रभावशाली खेल देखायो। तीन फरक फ्रान्सेली टिम? होइन। उस्तै तर फरक रणनीतअनुसार।

फ्रान्स आफ्ना विपक्षीहरुका विरुद्ध आफ्नो खेल्ने शैली परिवर्तन गर्दछ, जुन एकदमै दुर्लभ र बहुमूल्य सामर्थ्य हो। एक खेलमा ४-३-३ को सेटअपबाट खेल्ने फ्रान्स अर्को खेलमा ४-२-३-१ मा खेल्न सक्दछ। यस्तै विपक्षीको डिफेन्स विफल पार्न डेस्च्याम्पसले ओलिभर ग्राउन्डको क्षमता र किलियन एम्बापेको गति मध्ये कुनै एक छनौट गर्न सक्दछन्। हामीले यसपटकको विश्वकप खेलहरुमा देखेअनुसार अब कुनै कमजोर टोलीहरु छैनन्। जर्मनी, स्पेन जस्ता फुटबलका शक्ति राष्ट्रहरुलार्इ समेत यसपटक आफ्नो खेल खेल्न धेरै परिश्रम गर्नुपर्‍यो। बल पोसेसन धेरै हुँदैमा विजय हासिल हुंदैन र अनुभवले मात्र सफलताको ग्यारेण्टी हुदैन। सबै विकल्प हुन्।

एड्रिएन जिनगोल्ड

 

बेल्जियम : टिम स्प्रिट

बेल्जियम पेपरमा उत्कृष्ट टोलीका साथ रसियामा पुगेको थियो। तर त्यहाँ उनीहरुको ठूलो सफलता भन्नु नै बलियो सामूहिक मूल्यहरु स्थापना गर्नु हो।

यो नै उनीहरुको महत्वपूर्ण सम्पत्ति हो किनभने पहिलाका विश्वकपमा त्यस्तो थिएन। न त बेल्जियम टोली आफ्नो लचिलोपनका लागि पहिले प्रसिद्ध भएको थियो, जुन उनीहरुले ब्राजिल र जापानका विरुद्ध देखाए। उनीहरुको टोलीमा रहेका एडेन हाजार्ड, केभिन डि ब्रुएना र रोमेलु लुकाकुले टोलीलार्इ आवश्यक्ता परेको बेला अगाडी बढी टोलीलार्इ जिताएका छन्। साथै रेड डेभिल्सका ९ खेलाडीले यसपटक गोल गरेका छन्। सबैजनाले आफ्ना काम गर्दैछन्।

बेल्जियमका प्रशिक्षक रोबर्टो मार्टिनेजले आफ्नो टोलीमा रहेका स्टार खेलाडीहरुलार्इ एउटै टोलीमा समाहित गर्न सफल भएका छन्। बेल्जियमका लागि उनी सही समयमा सही मान्छे भएका छन्। बेल्जियमको यो टोलीमा सबैजना खेल्न फिट छन् र मैदानमा बलिदान दिन तयार छन्। र टोलीका अन्य खेलाडीहरुलार्इ सहयोग गर्न वैक्ल्पिक खेलाडीका रूपमा बस्न तयार हुन्छन्।

साइमन मस्सार्ट


इंग्ल्यान्ड : विविधता 

इंग्ल्यान्डको एउटा मात्र बलियो पक्ष छनौट गर्न गार्‍हो छ किनभने प्रशिक्षक साउथगेटको प्रशिक्षणमा रहेको सो टोलीले जित्नका लागि विभिन्न उपाय निकाल्ने गर्दछ। हामी सबैजनाका लागि सुध्रिएको युवा टोलीले आत्मविश्वास, आधुनिक प्रणाली र एकताको प्रयोग गरेको सामान्य भएको छ। उनीहरु खेलमा कुनैपनि परिस्थिति र विपक्षी टोलीका लागि तयार छन्। उनीहरुको खेल व्यवस्थापन साह्रै प्रभावकारी छ।

इंग्ल्यान्डले रसियामा विश्वकपमा पेनाल्टी सुट आउटमा पहिलो पटक विजय हासिल गर्‍यो। त्यो भन्दा अगाडी त २४ वर्षे गोलकिपर जोर्डन पिक्फोर्ड देखि प्रतियोगिताको सर्वाधिक गोलकर्ता रहेका ह्यारी केनको बारेमा चर्चा पनि हुन थाल्यो।

१९९० मा थ्री लायन्स सेमिफाइनल पुगेपछि कै ‍यो इंग्ल्यान्डको राम्रो टोलीका रुपमा देखिएको छ। र यो टोलीले आफ्नो खेलमा प्रदर्शन गरेको आधुनिक शैली, धैर्यताले थ्री लायन्सको पुरानो प्रकृति परिवर्तन गरेको छ। उनीहरु यहाँ आफ्नो नयाँ इतिहास बनाउन आतुर छन्।

लाउरे जेम्स

 

क्रोएसिया : मिड्फिल्ड

क्रोएसियाले रसियामा जारी विश्वकपकै सबैभन्दा कठिन मानिएको समूहमा रहेर अर्जेन्टिलार्इ ३-० ले पराजित गर्दै सबैलार्इ आश्चर्यमा पारेका थिए। यस्तै नकआउट चरणमा डेनमार्क र आयोजक रसियालार्इ पेनाल्टी सुट आउटमा पराजित गर्दै क्रोएसियाले सेमिफाइनलको यात्रा तय गरेको हो। ज्लाट्को डालिकको प्रशिक्षणमा रहेको क्रोएसियाली टोलीको सबैभन्दा बलियो पक्ष भनेको उनीहरुको मिडफिल्ड हो जुन विश्वकै उत्कृष्ट छ। उक्त टोलिमा रहेका खेलाडीहरु प्राय रचनात्मक र संगठित हुन्छन्।

लुका मोडरिक र इभान राकिटिक क्रोएसियाली टोलीका प्रभावशाली खेलाडी हुन्। मड्रिड र बार्सिलोनाका खेलाडीहरु मिलेर उत्कृष्ट खेल कमै खेल्छन्। तर मोडरिक र राकिटिक मिलेर क्रोएसियाली टोलीका लागि विजयका आधारहरु तय गर्दैछन्। उनीहरु एक्लै पनि छैनन्। इन्टर मिलानका मार्सर्लो ब्रोजोभिक, रियल मड्रिडका माटेओ कोभासिस र फिओरेन्टिनाका मिलान बाडेजले क्रोएसियाली मिडफिल्डलार्इ बलियो बनाएको छ।

भिजेकोस्लाभ पाउन

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell