PahiloPost

Jun 19, 2026 | ५ असार २०८३

बेल्जियमका पूर्व गोलकिपर जिन मारि पिफाफको प्रेडिक्सन, फाइनलमा बेल्जियमले इंग्ल्याण्डलाई हराउँदै च्याम्पियन बन्नेछ



पहिलोपोस्ट

बेल्जियमका पूर्व गोलकिपर जिन मारि पिफाफको प्रेडिक्सन, फाइनलमा बेल्जियमले इंग्ल्याण्डलाई हराउँदै च्याम्पियन बन्नेछ

बेल्जियम राष्ट्रिय टिमका पूर्व गोलकिपर जिन मारि पिफाफले फिफा विश्वकप २०१८ को उपाधि बेल्जियमले जित्ने भविष्यवाणी गरेका छन्।

जर्मन न्युज एजेन्सी एपीएसँगको अन्तर्वार्तामा उनले फाइनलमा बेल्जियमले इंग्ल्याण्डलाई पराजित गर्दै विश्व च्याम्पियन बन्ने बताएका हुन्।

'मेक्सिको १९८६ को विश्वकपमा हामी चौथो भएका थियौँ, हामी गोल्डेन जेनेरेसन थियौँ, अहिलेको टिम ब्रिलियन्ट छ।' ६४ वर्षिय पिफाफले भने, 'यदी हामी अहिले च्याम्पियन भएनौँ भने कहिल्यै हुँदैनौँ। फ्रान्ससँगको सेमिफाइनल कठिन हुनेछ, तर मेरो विचारमा बेल्जियन र इंग्लिस टोली फाइनलमा भिड्नेछन् र हामीले जित्नेछौँ। अहिलेसम्म हामी टुर्नामेन्टको उत्कृष्ट टिमका रुपमा छौँ।'

'अहिलेको जेनेरेसनले धेरै वर्षदेखि सँगै खेलिरहेका छन् र उनीहरुले २०१४ को विश्वकप र २०१६ को युरोबाट सिकेका छन्।' बेल्जियमको सफलताको बारेमा उनले भने।

'दुई छुट्टै टिम खेलाउन सक्नु धेरै महत्वपूर्ण हो। हामीले समूह चरणमा इंग्ल्याण्डलाई हाम्रो बी टिमले नै हरायौँ। अर्जेन्टिनासँग मेसी छ, ब्राजिलसँग नेमार छ। तर हामीसँग धेरै राम्रा खेलाडी छन्। हाजार्ड, डे ब्रएना र लुकाकु जस्ता खेलाडीलाई रोक्नै गाह्रो पर्छ।'

यस्तै पिएफले बेल्जियम प्रशिक्षक रोवर्टो मार्टिनेजको प्रशंसा गर्दै उनी सबै खेलाडीको लागि मेन्टर भएको बताए। 'उनले नै टिमको राम्रो आधार तयार गरेका छन्।'

'रेड डेभिल्सका कप्तान एडेन हाजार्ड जुलाई १५ आइतवार विश्वकप ट्रफी उचाल्न सफल भए पुरै बेल्जियम उत्साहित हुनेछ।' पिएफले भने।

द ब्रसेल्स टाइम्स



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell