PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

आफ्नै देशलाई हराउने रणनीतिसहित मैदानमा हुनेछन् १९९८ मा फ्रान्सलाई विश्वविजेता बनाउने थिएरी हेनरी



पहिलोपोस्ट

आफ्नै देशलाई हराउने रणनीतिसहित मैदानमा हुनेछन् १९९८ मा फ्रान्सलाई विश्वविजेता बनाउने थिएरी हेनरी

विश्वकपको पहिलो सेमिफाइनल खेलमा आज फ्रान्सले बेल्जियमको सामना गर्दैछ। दुवै टोली फाइनलमा पुग्ने रणनीति बनाउँदै गर्दा बेल्जियम क्याम्पमा रहेका एक फ्रान्सेली पूर्व फुटबलर फान्सलार्इ पराजित गर्न बेल्जियमका खेलाडीहरुलार्इ प्रशिक्षण दिँदैछन्। ती खेलाडी हुन्, फ्रान्सका लागि १२३ खेलमा ५१ गोल गर्ने थिएरी हेनरी।    

फ्रान्सका लेजेन्ड थिएरी हेनरी रसियामा बेल्जियमका सहायक प्रशिक्षकको भूमिकामा रहेका छन्। १९९८ मा विश्वकप जित्दा फ्रान्सेली टोलीमा रहेका हेनरीले २०१६ देखि बेल्जियमका मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजलार्इ सघाउँदै आएका छन्। हेनरीले रेड डेभिल्सलार्इ पछिल्लो ४ खेल जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए।

फ्रान्सलार्इ विश्वकप र युरोपियन च्यामपियनसीप जिताउने टोलीमा रहेका हेनरी आज फ्रान्सलार्इ पराजित गर्ने  बेल्जियमका लागि रणनीति बनाउँदैछन्। 

फ्रान्सेली फुटबलर ओलिभर ग्राउन्ड भन्छन्, 'हाम्रा विरुद्धमा उनी हुनु निकै अनौठो हो। उनी फ्रेन्च फुटबलका लिभिङ लेजेन्ड हुन्। उनले फ्रान्सका लागि धेरै गरेका छन् र उनले गरेको योगदानका लागि उनीप्रति हाम्रो धेरै सम्मान छ। तर ‘टिटे’लार्इ उनले गलत क्याम्प चुनेका छन् भनेर देखाउन म धेरै गौरव महसुस गर्नेछु।' टिटे हेनरीको प्रेमपूर्वक बोलाउने नाम हो।

फ्रान्सको पपुलर खेलाडी रहेका हेनरीले आफ्नो करियरको धेरै समय प्रिमियर लिगमा आर्सनलबाट खेलेका थिए। धेरै समय इंग्ल्यान्डमा बितिएका ४० वर्षे हेनरीको फ्रान्सेली फुटबलमा भने थोरै मात्रा सहभागिता छ। 

फ्रेन्च फुटबल फेडेरेसनका अध्यक्ष नोइल लि ग्राइतले एएफपीसँगै कुरा गर्दै भने, 'सायद हाम्रो नजरबाट उनी टाढै रहे। व्यक्तिगत रुपमा उनीसँग मेरो केही सम्पर्क रहेको छ। जीवनमा कहिलेकाँही त्यस्तो हुन्छ। उनी इंग्ल्यान्डमा धेरै समय रहे र उनीसँग मेरो थोरैमात्र चिनजान थियो।'  
यस्तै ग्राइतले हेनरीले बेल्जियमलार्इ एट्याक गर्न मनपराउने टोली बनाएको बताउँदै भने, 'स्ट्राइकरहरु उनी कहाँ जान्छन्। उनीहरु हेनरीको सम्मान गर्दछन्।'

हेनरीसँग प्रशिक्षणको केही अनुभव रहेको भन्दै उनले सहायक प्रशिक्षकको काम लिएर एउटा राम्रो उपाय छनौट गरेको बताए।

'उनमा आर्सनलको स्टाफमा रहन्छु भन्ने आशा रहेको भए पनि राष्ट्रिय टोलीमा सहायक प्रशिक्षकका रुपमा काम शुरु गर्नु एकदमै राम्रो हो। उनको अगाडि प्रशिक्षणको करियर रहेकोमा कुनै सन्देह छैन,’ उनले भने।

मार्टिनेजको सहायकका रुपमा २०१६ बाट बेल्जियममा प्रवेश गरेका हेनरीको प्रशिक्षण बेल्जियमका खेलहरुमा देखिन थालेको छ। जापानलार्इ ३-२ ले पराजित गर्ने क्रममा रोमेलु लुकाकुले गरेको गोलमा हेनरीको टच देखिन्थ्यो।

१९८६ मा बेल्जियम सेमिफाइनलमा पुग्दा बेल्जियमको गोलकिपरका रुपमा रहेका जिन मारी फाफले हेनरी 'फ्रान्सको मुख्य प्रतिस्पर्धी' हुने बताए।

'उनले मार्टिनेजका लागि महत्वपूर्ण भूमिका खेल्छन्। मार्टिनेजले नियमित रुपमा उनीसँग सल्लाह लिन्छन् र उनले भनेको सुन्छन्,' फाफले भने, 'मेरो विचारमा केही रणनीतिका लागि हेनरीलाई क्रेडिट दिनुपर्छ।'

आर्सनलको परवार्ड छँदा हेनरीलाई मन पराउने जिरुडले हेनरी फ्रेन्च स्टाफमा भएको राम्रो हुने बताए। 'निश्चय नै मेरो चाहना छ कि उनी हामीसँगै होउन् र म लगायत स्ट्राइकरलाई सल्लाह दियोस्। तर हामी ईर्श्यालु हुनु हुँदैन। यो त्यस्तो कुनै विषय होइन जसले मलाई झड्का दिन्छ किनकि उनको करियरको यो क्षणमा यस्तो स्थानतरण हुनु सामान्य हो,' उनले भने।

यता, २२ वर्षे फ्रान्सका डिफेन्डर लुकास हर्नानडर्जले फ्रान्सले बेल्जियमलार्इ पराजित गरे हेनरी खुसी हुने बताए। 'हामी विजयी भएमा उनी खुसी हुन्छन् किनभने सबैभन्दा पहिले उनी फ्रेन्चम्यान हुन्,’ उनले भने।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell