PahiloPost

May 15, 2026 | १ जेठ २०८३

माइ इन्भेष्टमेन्टका अनिल गजमेर पक्राउ



पहिलोपोस्ट

माइ इन्भेष्टमेन्टका अनिल गजमेर पक्राउ

काठमाडौं : माइ इन्भेष्टमेन्ट कम्पनीका सञ्चालक अनिल गजमेर पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौँबाट  प्रहरी निरिक्षक अनिल ठकुरीको नेतृत्वमा खटिएको  टोलीले सञ्चालक गजमेरलाई काठमाडौँबाट पक्राउ गरेको हो।  

गजमेरले विभिन्न व्यक्तिसँग ठगी गरेको उजुरीका आधारमा पक्राउ गरिएको परिसरका डिएसपी मोहनकुमार थापाले बताए। गजमेरविरुद्ध एक महिलाले ठगी गरेको भन्दै उजुरी दिएकी छिन्। गजमेरले केही समयदेखि काठमाडौँको कालिका टावरमा माइ कम्पनी सञ्चालन गर्दै आएका छन्। 

अदालतमा ३ करोड रुपैयाँ बराबरको विगो मुद्द

सञ्चालक गजमेर विरुद्ध जिल्ला अदालत काठमाडौंमा ३ करोड रुपैयाँ भन्दाबढी ठगी गरेको मुद्दा दर्ता भएको छ। २०७४ पुस २७ गतेदेखि गत वैशाख २३ गतेसम्म ८ जनाले मुद्दा दर्ता गराएका हुन्।

गत वैशाख २३ गते कास्की जिल्ला बस्ने भुषालजंग कुँवरले ७० लाख २३ हजार ५ सय रुपैयाँ बराबरको बिगो रकम सहित ठगी मुद्दा दर्ता गराएका हुन्। 

कम्पनी विरुद्ध  ४५ लाख ५१ हजार रुपैयाँ बिगो सहित २०७४ पुस २८ गते सिन्धुलीका लोकहरि पौडेलले दिएको ठगी मुद्दा अदालतमा छ। वीरबहादुर गुरुङले पनि ३९ लाख रुपैयाँ बराबरको बिगो सहित मुद्दा दर्ता गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell