PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

यस्ता छन् विश्वकप सेमिफाइनल खेल्ने चार टोली



पहिलोपोस्ट

यस्ता छन् विश्वकप सेमिफाइनल खेल्ने चार टोली

१२ वर्षपछि फिफा विश्वकप फुटबलमा ‘अल युरोपियन’ सेमिफाइनल हुँदैछ। रसियामा भइरहेको २१औँ संस्करणको विश्वकप फुटबलअन्तर्गत आजबाट सेमिफाइनल खेल हुँदैछ।

पहिलो सेमिफाइनलमा एक पटकको विजेता फ्रान्सले बेल्जियमसँग आज राती ११:४५ बजे सेन्ट पिटर्सवर्ग स्टेडियममा खेल्दैछ भने दोस्रो सेमिफाइनल सन् १९९६ को च्याम्पियन इंग्ल्याण्ड र क्रोएसियाबीच भोली राती ११:४५ बजे लुजनिकी स्टेडियममा हुँदैछ।

 

बेल्जियम (फिफा वरीयता : ३)

सेमिफाइनल पुगेको मध्ये सबै भन्दा माथिल्लो वरीयतामा रहेको टिम हो बेल्जियम। ‘रेड डेभिल्स’को उपनामले परिचित यो युरोपेली राष्ट्रको वर्तमान टिमलाई ‘गोल्डेन जेनेरेसन’ समेत भनिन्छ। तर बेल्जियम अहिलेसम्म फाइनल पुग्न सकेको छैन।

समूह चरणको ३ वटै खेल जित्नेमध्ये एक बेल्जियमले अहिलेसम्म सर्वाधिक १४ गोल समेत गरेको छ। कुनै पनि बेला गोल गर्न माहिर र बलिया फरवार्ड रोमेलु लुकालु, कप्तान एडेन हाजार्ड अनी अट्याकिङ मिडफिल्डर केभिन डे ब्रुएनाले उत्कृष्ट लयमा छन्।

बेल्जियमले समूह चरणमा पानामालाई ३-०, ट्युनिसियालाई ५-२ तथा इंग्ल्याण्डलाई १-० ले हराएको थियो। प्रिक्वार्टरफाइनलमा जापानविरुद्ध २ गोलले पछि परे पनि उत्कृष्ट पुनरागमन गर्दै बेल्जियमले ३ गोल फर्कायो र खेल जित्यो। विश्वकपमा यस्तो भएको यो ४८ वर्षयता पहिलो हो। विश्वकपमा अन्डर डगको छवि बनाएको बेल्जियम सम्भावित नयाँ च्याम्पियनको रुपमा हेरिएको छ। त्यसका लागि बेल्जियमले यसअघिका कमजोरीलाई सच्याउँदै उत्कृष्ट खेल खेल्नु आवश्यक छ।

विश्वकपमा दोस्रो पटक सेमिफाइनल खेल्न लागिरहेको बेल्जियमले क्वाटरफाइनलमा पाँच पटकको च्याम्पियन ब्राजिललाई हराएको थियो।

फ्रान्ससँग सेमिफाइनलमा लागि पूर्ण रुपमा तयार रहेको बेल्जियमका डिफेण्सिभ मिडफिल्डर थोमस मुनिएर दुई पहेँलो कार्डका कारण प्रतिवन्धमा छन्। उनको अनुपस्थितिले प्रशिक्षक रोवर्टो मार्टिनजेका लागि केही टाउको दुखाई बन्न सक्छ।

बेल्जियम फ्रान्सलाई पराजित गर्दै पहिलो पटक फाइनल पुग्ने दाउमा छ।

 

फ्रान्स (फिफा वरीयता : ७)

प्रिक्वार्टरफाइनलकै सबैभन्दा धेरै गोल भएको खेलमा फ्रान्सले अर्जेन्टिनालाई ४-३ ले हराउँदै क्वार्टरफाइनलमा स्थान बनाएको थियो। उक्त खेलमा २ गोल गर्दै अर्जेन्टिनालाई घर पठाउन भूमिका खेलेका किलिएन एमबाप्पेले पेलेको कीर्तिमान नै बराबरी गरे। यस्तै क्वाटरफाइनलमा फ्रान्सले बलियो डिफेन्स मानिएको उरुग्वेलाई समेत २-० ले पराजित गरेको थियो।

समूह चरणमा राम्रो खेल्न नसकेको भन्ने आरोपलाई फ्रान्सले प्रिक्वार्टरफाइनलपछि चिरेको छ। युवा खेलाडीहरुको वर्चस्व रहेको फ्रान्सले कुनै पनि बेला खेललाई परिवर्तन गरिदिन सक्छ।

समूह चरणमा फ्रान्सले अष्ट्रेलियालाई २-१ तथा पेरुलाई १-० ले हराएको थियो भने अन्तिम खेलमा डेनमार्कसँग गोलरहित बराबरी खेलेको थियो।

एमबाप्पेसँगै ग्रीजमन, पोग्वा, जिरुड, कान्टे, मटुइडी, डेम्बेले अनि गोलकिपर कप्तान ह्युगो लोरिस फ्रान्सका मुख्य खेलाडी हुन्। फिफा वरीयतामा सातौँ स्थानमा रहेको फ्रान्सले सेमिफाइनलमा अर्को उत्कृष्ट अट्यिकङ भएको टिम बेल्जियमसँग खेल्दैछ।

सन् १९९८ मा घरेलु भूमिमै उपाधि जितेको फ्रान्स २० वर्षपछि पुन: उपाधि जित्ने योजनामा छ।

 

इंग्ल्याण्ड (फिफा वरीयता : १३)

ठूला प्रतियोगिता खेल्नुअघि इंग्ल्याण्डको टोली बलियो देखिन्छ। समूह चरण पार गर्न पनि ‘थ्री लायन्स’लाई कुनै गाह्रो हुँदैन तर नकआउट चरणमा भने इंग्ल्याण्डको खेल सम्हालिन्न। इंग्लिस टोलीलाई यो आरोप लाग्दै आएको छ। सन् १९६६ मा च्याम्पियन बनेयता इंग्ल्याण्ड एकपटक १९९० मा मात्र सेमिफाइनलसम्म पुगेको छ। नत्र अन्तिम १६ वा क्वार्टरफाइनलबाटै आउट हुने गर्छ।

तर यसपटक भने युवा कप्तान ह्यारी केनको नेत्तृत्वमा रहेको इंग्लिस टोली त्योभन्दा राम्रो गर्ने योजनामा छ। बेल्जियम रहेको समूहमा उपविजेता बनेको इंग्ल्याण्डले प्रिक्वार्टरफाइनलमा कोलम्बियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै २००६ यता पहिलोपटक क्वार्टरफाइनलमा स्थान बनाएको छ।

इंग्ल्याण्डले विश्वकपमा पेनाल्टी सुटआउट जितेको यो पहिलो र ठूलो प्रतियोगितामा दोस्रो पटक हो। १९९६ को युरोमा पनि इंग्ल्याण्ड पेनाल्टी सुटआउट जितेको थियो।

इंग्ल्याण्डले क्वाटरफाइनलमा स्वीडेनलाई २-० ले हराउदै २८ वर्षपछि विश्वकपको सेमिफाइनलमा स्थान बनाएको हो।

सन् १९६६ मा च्याम्पियन बनेको इंग्ल्याण्ड ५३ वर्षपछि फाइनल पुग्दै दोस्रो पटक उपाधि जित्ने योजनामा छ।

इंग्ल्याण्डलाई यसपटक फाइनल पुग्ने राम्रो अवसर छ। कप्तान ह्यारी केन आफैँ ६ गोल गर्दै गोल्डेन बुटको होडमा अगाडि छन्। उनीपछि रहेका बेल्जियमका रोमेलो लुकाकु र पोर्चुगलका क्रिस्टियानो रोनाल्डोको समान ४ गोल छ। यद्यपि रोनाल्डोको टिम बाहिरिसकेको छ।

केनसँगै अग्रपंत्तिमा रहिम स्टर्लिङ मिडफिल्डमा जेस लिनगार्ड, डेली अली, लेफ्टस चिक डिफेण्डरमा केल वाल्कर, जोन स्टोन्स र किरण ट्रिपरले राम्रो खेलिरहेका छन्। यस्तै युवा गोलकिपर जोर्डन पिकफोर्डले कोलम्बियाविरुद्ध सुटआउटमा पेनाल्टी रोकेका थिए भने क्वाटरफाइनलमा स्वीडेन विरुद्ध ३ उत्कृष्ट बचाउ गरेका थिए।

 

क्रोएसिया (फिफा वरीयता : २०)

सन् १९९८ को डेब्यु विश्वकपमै सेमिफाइनलसम्म पुगेको सनसनी मच्याएको क्रोएसिया त्यो उपलब्धि दोहोर्‍याउँदै सेमिफाइनलसम्म पुगिसकेको छ। ज्लाट्को डालिकको टिम यसपटक अझ अगाडि पुग्ने दाउमा छ।

समूह चरणका तीनवटै खेल जित्ने तीनमध्ये एक टिम रहेको क्रोएसियाले क्वार्टरफाइनल पुग्न भने डेनमार्कलाई पेनाल्टी सुटआउटमा हराउनुपर्यो। यस्तै क्वाटरफाइनलमा पनि क्रोएसियाले घरेलु टोली रसियाको चुनौती पेनाल्टीसुटआउटमै पन्छायो।

९० को दशकमा मात्र राष्ट्रिय टिम निर्माण गरेको क्रोएसियाले पहिलोपटक १९९८ को विश्वकप खेलेको थियो। जर्मनीजस्तो टिमलाई क्वार्टरफाइनलमा हराएको क्रोएसिया त्यतिबेला फ्रान्ससँग सेमिफाइनलमा पराजित भएको थियो। फ्रान्सपछि ब्राजिललाई हराउँदै च्याम्पियन बन्यो। क्रोएसिया भने नेदरल्याण्ड्सलाई पराजित गर्दै तेस्रो भएको थियो। २००२, २००६ र २०१४ मा समूह चरणबाट बाहिरिएको क्रोएसिया २०१० मा छनोट हुन सकेन। क्रोसिएन टिम १९९८ यता पहिलोपटक सेमिफाइनल खेल्दैछ र १९९८ को टिमले बनाएको कीर्तिमानलाई पछि पार्ने योजनामा छ।

क्रोएसियाले समूह चरणमा नाइजेरियालाई २-० ले हराउँदै विश्वकप सुरुवात गरेको थियो। दोस्रो खेलमा दुई पटकको च्याम्पियन अर्जेन्टिनालाई ३-० ले स्तब्ध बनाएको क्रोसियाले आइसल्याण्डलाई २-१ ले पारजित गरेको थियो।

कप्तान लुका मोडरिकको प्रेरणादायी साथ पाएको क्रोएसियाका लागि इभान राकिटिक, मारियो मान्डुकिच, इभान पेरिसिक जस्ता उत्कृष्ट खेलाडी छन्।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell