PahiloPost

Jun 19, 2026 | ५ असार २०८३

उम्टीटीको निर्णायक गोलमा फ्रान्स फाइनलमा, बेल्जियम १-० ले पराजित

उम्टीटीको निर्णायक गोलमा फ्रान्स फाइनलमा, बेल्जियम १-० ले पराजित

पहिलोपोस्ट /पहिलोपोस्ट


सामुएल उम्टीटीले दोस्रो हाफमा गरेको एक मात्र गोलको मद्दतमा बेल्जियमलाई १-० ले पराजित गर्दै फ्रान्स विश्वकप २०१८ को फाइनलमा पुगेको छ।

सेन्टपिटर्सवर्ग स्टेडियममा मंगलवार भएको खेलमा फ्रान्सलाई जिताउन उम्मटीटीले दोस्रो हाफमा गरेको गोल निर्णायक बन्यो।

पहिलो हाफमा दुवै टोलीले पाएका केही गोलका अवसर खेल फालेका थिए।

खेलको ५१औँ मिनेटमा एन्टोनी ग्रीजमनको कर्नरमा उम्टीटीले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए। तर त्यसपछि गोल नहुँदा फ्रान्सलाई १२ वर्षपछि विश्वकपको फाइनलमा पुर्‍याउन त्यही गोल निर्णायक बन्यो। 


गोल्डेन जेनेरेसन टोली बेल्जियम पहिलो पटक विश्वकपको फाइनल पुग्न चाहेना उम्टीटीको त्यही एक गोलले समाप्त पारिदियो।

फ्रान्सले अब उपाधिका लागि आइतबार इंग्ल्याण्ड र क्रोएसियाबीचको विजेतासँग खेल्नेछ भने बेल्जियमले शनिबार तेस्रो स्थानका लागि खेल्नेछ। 



ट्रेन्डिङ पोस्ट

Ncell